Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपालको तर्फबाट मिस वर्ल्ड-२०१७ मा सहभागीता जनाइरहेकी मिस नेपाल निकिता चाण्डक उत्कृष्ट १० प्रतियोगीभित्र पर्न सफल भएकी छिन् ।

चीनको सान्यास्थित सान्या सिटि एरेनामा भइरहेको मिस वर्ल्डमा निकिता विभिन्न राष्ट्रका ११८ जना सुन्दरीहरुमध्ये उत्कृष्ट १० मा परेकी हुन् ।उनी भोटिङ सिष्टमको आधारमा उत्कृष्ट १० मा पर्न सफल भएकी हुन् । निकिता ‘पिपुल्स चोइस अवार्ड’को उत्कृट दश र ‘मल्टिमिडिया’ विधाको उत्कृष्ट ८ मा पनि पर्न सफल भएकी छन् ।

यी दुई विधाको विजेता घोषणा गर्न बाँकी रहेको छ । टप मोडल विधामा उनी उत्कृष्ट ३० भित्र परेकी थिइन् । तर यो विधाको विजेता नाइजेरियाकी सुन्दरी भइसकेकी छिन् । ‘ब्युटि विथ पर्पस’ नामक अर्को विधामा उनी उत्कृष्ट २० मा परेकी थिइन् ।

प्रतियोगिताको फाइनल आज शनिबार नेपाली समय अनुसार साँझ सवा ५ वजे बाट सुरु भईरहेको छ । मिस वर्ल्ड फाइनलको प्रत्यक्ष प्रसारण मिस वर्ल्डको आधिकारीक वेबसाइटमा हेर्न सकिनेछ ।

चाण्डक यसअघि नै ‘हेड टु हेड च्यालेन्ज’मार्फत उत्कृष्ट ४० मा प्रवेश गरेकी थिइन् । चीनको सान्यास्थित सान्या सिटि एरेनामा भइरहेको मिस वर्ल्डमा नेपाली प्रतियोगीले पाएको यो सबैभन्दा ठूलो उपलब्धी पनि हो । news24nepal

The post ३ करोड नेपालिको लागी खुशीको खबर: मिस वर्ल्डको उत्कृष्ट १० मा निकिता चाण्डक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ARpQwT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top