Photo of Milford Sound in New Zealand

ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘रोड टेस्ट’पछि मात्रै लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने जनाएको छ ।

महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार रोड टेस्टका लागि आवेदकले एक घण्टा रोडमा सवारी कुदाउनुपर्नेछ । यसअघि ट्रायल पास भएपछि लाइसेन्स दिइन्थ्यो ।

काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने डीआईजी लामाले जानकारी दिए ।साभार सवारी चालक अनुमतिपत्र ( लाइसेन्स ) लिने तयारीमा हुनुहुन्छ ? हो भने, अब नयाँ शैलीको ‘ट्रायल पास’ गर्नुपर्नेछ । यातायात व्यवस्था विभागले सवारी र ट्रफिक ज्ञानको प्रभावकारिता बढाउन बैशाख ८ देखि लागु हुने गरी नयाँ मापदण्ड बनाएको हो । यसकै तयारीका लागि चैत २६ देखि लाइसेन्स परीक्षाको आवेदनसमेत बन्द छ ।

पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले ‘टी सेप’ कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक ‘आठ’ आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउ ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । ‘यू’ टर्नमा साइट लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ । पाँच मिनेट तोकिएको ‘आठ’ आकारको दूरी पूरा गर्नुपर्नेछ ।

चार पाङग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोडने तरिकाको परीक्षण गरिन्छ । दुई पाङग्रेको नया बानेश्वर स्थित ट्रलीबस कार्यालय पछाडि र चार पाङग्रेको साल्ट ट्रेडिङ अगाडि प्रयोगात्मक परीक्षा हुनेछ । ट्राफिक लाइटमा समेत सवारी चलाएर नियम उल्लंघन गर्न थालेपछि प्रयोगात्मक परीक्षास्थलमा लाइटको व्यवस्था गरिएको छ ।

विभागका महानिर्देशक सरदचन्द्र पौडेलका अनुसार परीक्षा निगरानी गर्न र अनियमितता हुन नदिन उच्चस्तरको सिसि क्यामरासमेत जडान गरिएको छ, जसको अभिलेख लाइसेन्स जारी नहुदासम्म सुरक्ष्ाित राखिनेछ । लाइसेन्स परीक्षा समितिले जारी गरेको नजिता चित्त नबुझे सीसीक्यामराले खिचेको भिडियो समेत दखाइने उनले बताए । नया व्यवस्था अनुसार लाइसेन्स लिने चालक परिपक्व हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

के भए फेल ?

दुई पाङग्रे

-हेलमेट नलगाइ, ऐना नमिलाई र साइट लाइटको प्रयोग नगरी स्टार्ट गरे

-आठ आकारको लाइन भन्दा बाहिर सवारी लगे-

-यू टर्नमा साइट लाइट प्रयोग नगरे-

-ट्राफिक संकेत पालना नगरे-

-दुई वा बढी पल्ट स्टार्ट बन्द भए

चार पाङगे

-सिट बेल्ट नबाँधे, पछाडि दायाबाया हेर्न सिसाको परीक्षण नगरे, साइटलाइट नबाली स्टार्ट गरे–

-आठ आकारको लाइन भन्दा बाहिर गए

-स्पिड ब्रेकरमा रोकिए वा स्टार्ट बन्द भए-

-यू टर्नमा साइट लाइटको प्रयोग नगरे

-ट्राफिक संकेत पालना नगरे

-ग्यारेज पार्किङ गर्दा लाइन भन्दा बाहिर परे

-दुई वा बढी पल्ट स्टार्ट बन्द भए egorkhalikhabar bata

The post लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A5qz14
via IFTTT

0 comments:

Post a Comment

add

 
Top