Photo of Milford Sound in New Zealand

‘कोहिनुर’ पछि पहिलोपटक पर्दामा देखिन लागेकी श्वेता खड्को स्टारर चलचित्र ‘कान्छी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘चरी चट्ट परी’ बोलको गीतमा राजनराज शिवाकोटीको शब्द, स्वर तथा संगीत रहेको छ । गीतमा महिला स्वर भने गायिका अञ्जु पन्तले दिएकी छिन् ।

सार्वजनिक ‘चरी चट्ट परी’ बोलको गीतको भिडियोमा दयाहाङ राई र श्वेता खड्कालाई फिचरिङ गरिएको छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा बनेको गीतको भिडियो पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्र माघ २६ गते प्रदर्शनमा ल्याउने तयारी भईरहेको छ ।

आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र काया फिल्म्स र बुम रेमिटले प्रस्तुतीमा तयार भएको हो । यम थापाको लेखनमा बनेको चलचित्रमा हिमाल केसीले द्धन्द निर्देशन गरेका छन् । दया र श्वेतासँगै अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भुमिका श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई राजधानीमा बिके फिल्म्स र मोफसलमा एफडी कम्पनीले बितरण गर्नेछ ।

The post ‘कान्छी’को पहिलो गीत ‘चरी चट्ट परी’ सार्वजनिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z7qZkc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top