Photo of Milford Sound in New Zealand

फिल्म क्षेत्रमा धेर काम गरि सकेका धीरेन शाक्य, आर्मी खान्दानको हुन् । नेपाली फिल्म उद्योगमा धीरेन शाक्यले सय भन्दा धेरै फिल्ममा काम गरिसकेका छन् । कुनै समय राजेश हमालको प्रतिद्धन्द्धिको रुपमा चिनिएका शाक्यका म्युजिक भिडियो पनि उतिकै छन् । २०४८ सालतीर पहिलोपटक फिल्ममा डेब्यु गरेका धीरेन पूर्व ब्रिटिश आर्मी हुन् ।

आर्मी खानदानका धीरेन बुवा आर्मीमा भएकोले पनि पढाई छाडेर आर्मीमा होमीएका थिए । तर उनले आर्मीको जागिर पनि लामो समय खाएनन् । आर्मीको जागिर छोडर नेपाली फिल्म उद्योगलाई समय दिएका उनले सिमाना, किनारा, देश परदेश लगायत कयौँ हिट फिल्म दिएका छन् । धीरेश शाक्य आफ्नो फिट र कसिलो ज्यानका कारण पनि चर्चामा छन् ।

दुई छोरीका पिता उनको बाल्यकाल पाल्पामा बित्यो । उनी सानैदेखि फिल्महरु धेरै हेर्ने गर्थे। फिल्ममा कलाकारहरुले गरेको अभिनय जस्तै उनी पनि सिको गर्थे । उनले अभिताभ बच्चन र दीलिप कुमार जस्ता बलिउड हस्तिका फिल्म धेरै हेर्थे । फिल्म क्षेत्रमा आउनुमा कतै न कतै उनलाई यहि कुराले प्रभाव पारेको थियो ।

चञ्चले स्वभाका उनी बच्चा हुँदा निकै बठ्याई गर्थे । साथीसँग झगडा गर्ने उनको बानी थियो । हिजोआज बच्चा हुँदा गरेको हर्कत सम्झदा लाज लाग्छ उनलाई । । यतिसम्मकी उनले कयौँपटक बिनाकारण साथीलाई कुटेका छन् । ग्रुप फाइट गरेर झगडा गरेको उनी खुबै सम्झन्छन् । कयौँ पटक उनले स्कुलममा बदमासी गरेकोले गुरुबाट कुटाई पनि खाएका छन् । उनी भन्छन्–” त्यो बच्चापन थियो । तर त्यी घटना सम्झदा लाज लागेर आउँछ ।”

उसो त उनी पढाईमा उति राम्रा विद्यार्थी भने होईनन् । गणित भनेपछि उनको टाक्यो दुख्थ्यो । पढाईमा भन्दा उनी खेलकुद तथा अतिरिक्त क्रियाकलापमा रमाउँथे । उनले वि.सं. २०४२ सालमा सामान्य डिभिजनमा एसएलसी उत्तिर्ण गरेका थिए । जतिबेला उनमा ताजा जोस जाँगर थियो । उनी भन्छन्– “त्यतिबेला सबै कुरामा मै अगाडि छु जस्तो लाग्थ्यो ।”

उनको स्कुले जीवनमा हिजोआजको जस्तो लभ गर्ने सिस्टम त्यतिबेला थिएन् । स्कुलमा हुँदा प्रेम भन्ने के हो ? उनलाई थाहै भएन् । उनी भन्छन्– स्कुल हुँदा माया प्रेममा ध्यान गएन । म अलि मुर्खी स्वभावको थिएँ । झँैझगडा गर्ने स्वभावको । त्यो बेला आजभोलीको जस्तो भ्यालेनटाईन डे पनि थिएन् । नेट ईन्टरनेट थिएन् । प्रेममा भन्दा पनि मेरो ध्यान खेलकुदतीर धेरै थियो त्यो बेला ।

उनी घरका कान्छा छोरा हुन् । उनको बुवा ब्रिटिस आर्मीमा थिए । त्यसैले पनि आर्थीक अवस्था राम्रो थियो । उनको बुवा आर्मीबाट रिडायर्ड भएपछि मात्रै उनी आर्मीमा भर्ति भए । उनको पालमा आर्मीको ट्रेन चलेको थियो । ब्रिटिस आर्मीमा लैजान आर्मीका प्रतिनिधीहरु गाउँ गाउँमा लिन आउँथे । त्यसै बखत उनी आर्मीमा भर्ति भए । तब उनलाई पढ्ने फुर्सद भएन् । कहिले सेनाको जागिर त कहिले फिल्म सुटिङले उनलाई समय मिलाउन हम्मे हम्मे भयो । र उनले पढाईलाई बिट मारे । तर पछि सेनाको जागिर छाडेर उनी चलचित्रमा सक्रिय भएका हुन्

उनले वि.सं.२०४८ पहिलोपटक फिल्ममा काम गरेका हुन् । उनलाई ब्रेक दिने निर्देशक थिए चेतन कार्की । उनी त्यो बेलाका चर्चित फिल्म निर्देशक थिए । त्यो बेला वर्षमा मुस्किलले दुई तीन ओटा फिल्म बन्थे । उनी भन्छन–”पहिलोपटकमै मैले राम्रो ब्यानरको फिल्म पाएँ । चेतन कार्की निकै चर्चित निर्देशक थिए । उहाँ मेरो गुरु हुनुहुन्छ । उहासँग भेट्दा अझै म उहाँको खु्ट्टा ढोगेर सम्मान गर्छु ।”

पहिलो फिल्मपछि उनलाई फिल्म खेलाउने निर्माता निर्देशकहरुको ओईरो लाग्यो । त्यसपछि उनले देशपरदेश, सिमाना, जमिन, अप्सरा, दाग, मैले भुल्नै सकिन, दुश्मनी, जन्म जन्म, विषालु, भिष्म प्रतिज्ञा र छहारी लगायत सय भन्दा धेरै फिल्ममा काम गरे । तर पछिल्लो समय लिड रोलमा रहेका उनका फिल्महरु आएका छैनन् ।

फिल्म क्षेत्रमा प्रवेश गरेको १० वर्षपछि उनले विहे गरे । उनी चलचित्र पहिलो प्रेमको सुटिङको क्रममा पोखरामा थिए । त्यतिबेलासम्म उनी चर्चित अभिनेता भइसकेका थिए । सुटिङका लागि पोखरा गएका उनले पोखराबाटै विहे गरे । उनी भन्छन– “हाम्रो इन्टरकास्ट म्यारिज हो । हामी बीच अन्डरस्ट्यान्डिङ थियो र विहे गर्यौँ । अहिले मेरो दुई छोरी छिन् ।”

दुई छोरी मध्य ठूलो छोरी प्लस टु सकाएकी छिन् । सानी छोरी भने केवल तीन वर्षकी भईन् । दुई छोरी बीच १० वर्षको अन्तर छ । छोरीहरु भएपछि उनी सबथोक बिर्सिन्छन् । उनी भन्छन्– “दुई छोरीहरु अगाडि भएपछि म सबै कुरा बिर्सिन्छु । उनी ठुली छोरीको आर्मी बन्ने चाहना छ । यदाकदा गीत गाउने रहर पनि छ उनकी छोरीमा । त्यसैले जेठी छोरीले भोकल क्लासहरु पनि लिइरहेकी छिन्। तर आर्मी बन्ने ठुलो सपना बोकेकी उनकी छोरीले हाल आर्मी अफसरको कोर्ष गरिरहेकी छिन् ।”

जीवनको सबैभन्दा दुःखको क्षण भनेको उनको बुवा स्वर्गिय हुँदाको पल हो । उनी त्यो बेला नेपालमा थिएनन् । सोहि समयमा उनका बुवाको देहवसान भयो । उनलाई अझै दुःख छ कि उनले बुवाको नजिक रहेर कहिल्यै समय बिताउन पाएनन् ।हिजोआज उनी पूर्णरुपमा ब्यवसायमा छन् । समय निकालेर फिल्ममा पनि काम गरिरहेका छन् । जावलाखेलमा उनको आफ्नै जिम क्लब छ । धेरै समय उनी जिममा बिताउँछन् । त्यस्तै उनको एक होटल र फिल्म प्रोडक्शन कम्पनी पनि छ ।

The post आर्मी खानदानको हिरो, नायक धीरेन शाक्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z7B7th
via IFTTT

0 comments:

Post a Comment

add

 
Top