Photo of Milford Sound in New Zealand

भारतको एक अदालतले गत वर्ष एक पन्ध्र वर्षीया किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका तीन जना पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ।

बीसको उमेरमा रहेका ती पुरुषहरुले ती किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए र यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो।

ती किशोरी मराठा समुदायको उपल्लो भनिने जातकी थिइन् भने ती पुरुषहरु सबै अछुत भनिने समुदायका थिए।

महाराष्ट्र राज्यमा भएको उक्त घटनापछि दशौँ लाख मराठा समुदायका मानिसहरुले हप्तौँसम्म विरोधप्रदर्शनहरु गरेका थिए।
ध्यान

ती मारिएकी किशोरी र उनका आक्रमणकारीहरु दुवै कोपर्डी नामको गाउँमा बस्थे र उक्त घटनालाई कोपर्डी काण्ड भनेर चिनिन्छ।

उक्त बलात्कार घटनाको बर्बरतालाई धेरैले सन् २०१२ मा भारतीय राजधानी दिल्लीमा एउटा बसमा एक युवतीमाथि भएको बलात्कारको घटनासँग दाँजेर हेरेका थिए।

हालैका वर्षमा भारतमा महिलामाथि हुने गरेका अपराधहरुबारे ध्यान बढिरहेको छ।

तर पनि हरेक वर्ष हजारौँ बलात्कारका घटनाहरुबारे प्रहरीमा उजुरी परिरहेका पाइन्छन्। bbc

The post किशोरीको बलात्कार र हत्यामा दोषी पाइएका पुरुषविरुद्ध मृत्युदण्ड.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j0cbNC
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top