Photo of Milford Sound in New Zealand

‘ हृदयाघात हुने कुनै लक्षण नै थिएन’—चिकित्सक

बलराम प्यासी
काठमाडौं ।
नेपालीमा उखान छ, ‘बाह् छोरा, तेह् नाति, बुढाको धोक्रो काँधैमाथि ।’ अनि अर्काे उखान छ, ‘दुई जोईको पोइ कुना पसी रोई । ’ भन्नुको तात्पर्य छोरा नाति जति नै भएपनि बुढाबुढीले दुःखमा कमी आउँदैन । न त दुईवटी श्रीमती ल्याउनेले सुख नै पाउँछन । केही अपवाद बाहेक दुईवटी श्रीमती हुनेको झमेला उत्तिकै देखिन्छ ।

तर पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको भने दुईवटी श्रीमती हुँदाहुँदै पनि आफुलाई रेखदेख गर्नुपर्ने मुख्य समयमा एउटी पनि साथमा नहुँदा समयमै उपचार नपाई उनले अकालमै मृत्युवरण गर्न परेको अनुमान लगाउन सकिन्छ ।
केही दिनअघिदेखि विसञ्चो महसुस गरेका प्रकाश शनिबार राती आमा सीता दाहालले पकाएको जाउलो खाएर एक्लै आफ्नो कोठामा सुत्न गएका थिए । चुनावको तिथि तय हुनुअघि सँधै प्रकाशसंगै रहने गरेकी कान्छी श्रीमती विना मगर चुनाव प्रचारको लागि कञ्चनपुर नगई उनीसंगै कोठामा भएको भए हृदयाघात भएको बेलामा प्रकाशको छटपटि उनले चाल पाउँथिन र समयमै हारगुहार गर्न भ्याउँथिन । अनि उनलाई राती नै अस्पताल पुरयाएर बचाउन सकिन्थ्यो ।

३ वटी श्रीमतीका श्रीमान दरिएका प्रकाश जेठी श्रीमती प्रभा बोगटीसंग सम्वन्ध विच्ेछद गरीसकेपछि ल्याइएकी दोस्री श्रीमती सृजना त्रिपाठी पनि केहीवर्षदेखि प्रकाशबाट टाढा थिइन् । सृजना प्रकाशको नावालक छोरासंग पोखरामा बस्दै आएकी थिइन् ।

कान्छी श्रीमती विना मगर कञ्चनपुरबाट प्रतिनिधि सभा निर्वाचनकी उम्मेदवार भएकीले उनी पनि केहीदिनदेखि प्रकाशबाट टाढा कञ्चनपुरमा थिइन ।जसका कारण केहीदिनदेखि विरामी महसुस गरिराखेका प्रकाश कोठामा एक्लै थिए ।

‘प्रकाशलाई हृदयघातको लगत्तै अस्पताल पुरयाउन सकिएको भए बचाउनलाई त्यति समस्या हुँदैनथ्यो’ नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् ४ वर्षदेखि प्रचण्डका पारिवारीक नीजि चिकित्सक रहेका डा.जेपी जयसवालले भने ।
‘जाउलो खाएर सुत्न गएपछि उनलाई छटपटी भएको हुनसक्छ’ उनले भने—‘तर उनको कोठामा उनीवाहेक कोही नभएकोले उनको अन्तिम छटपहाट कसैले सुन्न सकेनन ।’
हृदयाघात भएको केहीबेरमा प्राथमिक उपचारका उपाय अपनाउन सके र एकघण्टाभित्र सम्वन्धित अस्पताल पुर्याउन सके हृदयाघात भएको जस्तोसुकै अवस्थाको विरामीलाई बचाउन सकिने मुटुरोग विशेषज्ञहरु बताउँछन ।

प्रचण्ड निवास लाजिम्पाटबाट गंगालाल हृदय केन्द्र बाँसबारी र नर्भिक अस्पताल थापाथलीको दुरी करीव उतिनै छ । रातको समयमा ती दुवै अस्पतालमा पुग्न गाडीमा १० देखि १५ मिटेनमात्रै लाग्थ्यो र उनको समयमै उपचार गरेर बचाउन सकिन्थ्यो ।
तर आफ्नो एकमात्र छोरालाई उठाउन पुगेकी प्रकाशकी आमा सीताले हृदयाघातका कारण आफ्नो छोराको मृत्यु भएको करीव ३ देखि ४ घण्टापछि आइतबार विहानमात्रै थाहा पाइन् ।

‘उपचारको लागि आइतबार विहान ५ बजेर ५० मिनेटमा लाजिम्पाट निवासबाट थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा ल्याउँदा प्रकाशको शरीर अररो भईसकेको थियो । आँखाको गेडा सुन्निईसकेको थियो, हातगोडा चिसा थिए’ नर्भिक अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकलाई उपचारमा टेलिफोनबाट उपचार गर्ने कार्य (अनकल) मा संलग्न रहेका डा.जयसवालले भने ।

नर्भिकमा ल्याएपछि प्रकाशलाई बचाउने प्रयासमा सो अस्पतालका मुटुरोग विशेषज्ञहरु डा.रविन्द्रप्रसाद यादव, डा.विमलेश श्रेष्ठ र डा.महेश यादव संलग्न थिए । तर अस्पताल पुर्याउनु ३÷४ घण्टा अघि नै उनको मृत्यु भईसकेको चिकित्सकले पत्रकार सम्मेलनमा बताए ।

प्रकाशको मृत्युपछि उनकी आमा सीता दाहाललाई केही स्वास्थ्य समस्या देखिएपछि तिनै नीजि चिकित्सक डा.जयसवाल र नर्भिक अस्पतालका वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा यादवदेव भट्ट प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए ।

प्रचण्डको पारिवारिक चिकित्सक डा.जेपी जयसवालका अनुसार
३ महिनाअघि मुटुसम्वबन्धी परीक्षण टिएमटि र इसिजी गर्दा गर्दा प्रकाश दाहालको पछिल्लो स्वास्थ्य अवस्था राम्रो थियो । हृदयाघात नै हुने खालको कुनै खरावी थिएन ।
हृदयघातनै हुने कुनै लक्षण थिएन । कोलेस्ट्रल र रक्तचाप नर्मल थियो । विगतको तुलनामा उनी कम पिउँथे । खासै तनावमा थिएनन । उनले हालसम्म मुटु र रक्तचापसम्वन्धी कुनैपनि औषधि सेवन गरेका थिएनन ।

प्रचण्डको परिवारमा विगत ७ वर्षमा परेको ३ वटा शोक
१. २०६८ साल २१ असोजमा बुबा मुक्तिराम दहालको मृत्यु
२.२०७१ साल १५ बैशाखमा छोरी ज्ञानु दाहाल केसीको क्यान्सरका कारण मृत्यु
३.२०७४ साल ३ मंसीर एकमात्र छोरा प्रकाश दाहालको मृत्यु

The post ‘श्रीमती संगै भएको भए, प्रकाश बाँच्थे’ -दुईवटी श्रीमती ल्याउनेले सुख नै पाउँछन …(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B3N0kS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top