Photo of Milford Sound in New Zealand

पाल्पा, कात्तिक १७ । तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला सुरु भएको छ ।

रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सुरु भएको सत्यवती धार्मिक मेलामा रातीको समयमा चिच्याएर बर माग्नेको अहिले भीड लागेको छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको यो मेलामा नेपाललगायत भारतीय क्षेत्रबाट समेत धार्मिक पर्यटकको ओइरो लागेको छ । रातको समय सत्यवती तालमा लिंगो गाडेर बिहान सोहि लिंगो चिनेर पूजा गर्ने चलन छ ।

रातमा पुगेर बिहानै सत्यवती बजैका मन्दिर छोडनुपर्ने धार्मिक मान्यताका कारण आफू दिउँसोमा मन्दिर नपुगेको तानसेनका कमल तिमिल्सेनाले बताए ।

सत्यवती बजैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताए । पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ । मन्दिरमा बजैलाई पूजा गरेपछि टीका, चुरा, साडी चोलीसमेत चढाउने चलन छ । सत्यवती बजैको लागि परेवा र बाख्राको बलि दिने चलन पनि छ ।

कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यहाँ मेला लाग्ने गर्दछ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मन्दिरमा पूजा गर्न आउनेको संख्या बढिरहेका छन् । विगत दुई दिनमा ५० हजारभन्दा बढीले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बिहान झिसमिसे उज्यालो नहँुदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताए ।

प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलबस्तु र भारतबाट समेत यहाँ दर्शन गर्न आउने श्रद्धालुहरुको संख्या वर्षेनी बढ्दो छ ।

रातको समयमा हजारौंँ श्रद्धालुले एकैपटक चिच्चाएर बर माग्दा जंगलको सुनसान रात गुन्ज्यमान हुने गर्दछ । पाल्पा बुटवल सडकखन्डको २४ माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ । करिब दुईदेखि तीन घन्टा उकालो हिँडेपछि रमणीय सत्यवती तालमा प्रकृतिसँग मनोरन्जन लिन सकिन्छ ।

तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले यो रमणीय प्रकृति ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए

कृष्ण दर्नाल (रासस)

The post सुनसान रातमा चिच्याएर बर माग्न आउनेको भीड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2itAEtD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top