Photo of Milford Sound in New Zealand

पाल्पा – पाल्पा जिल्लाको तानसेनस्थित ‘हाम्रो यात्रा देशैँभर गाईजात्रा भाग–६’ समूह र ‘छमछम कला केन्द्र’, तानसेनले गाईजात्रा प्रहसन तथा देउसी भैलो खेली संकलिन रकमबाट असहायलाई न्यानो कपडा वितरण गरेका छन् ।

रिब्दीकोट गाउँपालिका–३, खस्यौलीमा रहेको मेलमिलाप नेत्रहीन अपाङ्ग केन्द्रका ११ जना असहायलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो ।

गाईजात्रा प्रहसनका संयोजक विजय बम्रेल, निर्देशक श्रवण गोतामे, छमछम कला केन्द्रका प्रोप्राइटर पुरन गाहा, लोक दोहोरी गायक प्रेम लामिछाने मगर, कमल भट्टराईलगायतको सक्रियतामा असहायलाई न्यानो कपडा वितरण गरिएको हो ।

देउसी भैलो तथा गाईजात्रे प्रहसनबाट संकलित रकमबाट सामाजिक काम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । असहाय सम्झना थापाले न्यानो कपडा पाएपछि आफूहरुको यस वर्षको जाडो छोपिने बताए ।

देउसी भैलो, गाईजात्रा प्रहसन, सांस्कृतिकलगायतका कार्यक्रमबाट संकलित रकम भ्रमण र पिकनिकमै खर्च गर्ने प्रचलन बढिरहँदा यहाँका दुई समूहले अपाङ्ग र असहायलाई न्यानो कपडा वितरण गरिएको निर्देशक श्रवण गोतामेले बताए ।

The post पाल्पामा देउसी भैलोको रकमबाट असहायलाई न्यानो कपडा वितरण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hncrFg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top