Photo of Milford Sound in New Zealand

चिसो मौसम छ । कच्ची र अँध्यारो कोठाको भुँईमा पराल ओछाईएको छ । त्यसैमा उनि सेतो पहिरनमा लडेकी छन् । वेला वेलामा हे…. मेरो हजुर भन्दै चित्कार छाड्छिन र वेला वेलामा अचेत हुन्छिन् । जागेको बेला एकछिन उठेर बस्नु न भन्दा उठ्न सक्दिँन भन्छिन् । उठ्ने प्रयास पनि गर्छिन तर सक्दिँनन् । विवाहको एक साता नपुग्दै नवदुलहा बेपत्ता भएका र झण्डैै एक महिना पछि मृत फेला परे देखि करले रशीलो पदार्थ वाहेक उनको पेटमा अरु खाद्य पदार्ध परेको छैन भन्छन परिवारजन । वाहिरपट्टि साईला ससुराले पनि भतिजाको किरियाक्रम गरी रहेका छन् । आँगनको कुनामा एक महिना अघि मात्र विवाह गर्दा चढाईएका ध्वजापताहरु फर्फराई रहेका छन् ।

त्यसैको कोखमा उनै वेहुलाको श्रद्धाञ्जीका लागि राखिएको तस्वीर र शोक पुस्तीका डेक्स राखिएको छ । झ्याप्पै आँखा पहिला विवाहका तिनै ध्वजापत्ताहरुमा पर्छन् । त्यसको नजिकै उनै वेहुलाको हार्दिक श्रद्धाञ्जली लेखिएको तस्वीरमा आँख पुग्दा भावविह्ल हुन्छन जो कोही । त्यो दर्दनाक दृश्य हो केहि दिन अघि सन्धीखर्कको जंगलमा झुण्डिएको अवस्थामा फेला परे अर्घाखाँचीको पणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय हरिप्रसाद भट्टराईको घरको । उनको असौज १६ गते वडा नम्वर ४ की २१ वर्षिया विष्णु घिमिरे संग धुमधाम संग विवाह भएको थियो । २२ गते उनि नवदुलहीको हातबाट पकाएको खाना खाएर उनै वेहुलीलाई बनाएको गहनाको पैसा तिर्न भनि सन्धिखर्क हिडेका थिए ।

सन्धिकर्ख पुगेर संगै गहका लक्ष्मण सुनारलाई राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकालेर दिई सकेपछि आफ्नो जिवन विमाको रकम तिर्न एशियन लाईफ ईन्सुरेन्सको कम्पनीमा पुगेका थिए । साढे ११ वजे सम्म त्यही छन् । त्यस पछि उनको अवस्था अज्ञात रहेको थियो । प्रहरी प्रशसनकै आँखा अगाडी दिन दाहडै वेपत्ता भएका उनको शव ठिक ३० दिनका दिन प्रहरी प्रशासन पारी कै जंगलमा भेटिन्छ । पायः धेरैले मर्निङ्ग वाक गर्ने जंगल नजिकै उक्त सव प्रहरीले फेला पार्न किन सकेन र घाँस दाउरा गर्ने जनताले फेला पारे ? भन्दै परिवारजन ठुलो आशंकामा परेका छन् । उनी झुण्डिएको रुख विद्युतको पोलमा चढ्ने मिस्त्रीहरु समेत चढ्न नसक्ने खालको सुरिलो र निकै अग्लो छ ।

नयाँ नाईलनका तिन वडा डोरी समेत तल भुईमा राखिएको छ । उस्तै डोरप्ीमा उनि झुण्डिएका छन् । उनको झोला , कमिज , कागज र जुत्ता टिलिक्क टल्केका छन् । फिङ्गर परिक्षणका लागि ति उनका सामग्रीहरु र फोन प्रहरीले अरु कसैको फिङ्गर नपर्ने गरी सुरक्षित वरामद गर्नु पर्ने हो । तर जसलाई पनि छुन चलाउन छुट दिईएको छ । त्यसले थप रहश्यमय घटना भएको परिवारजनको चिन्ता छ । वेला वेलामा किरिया क्रमको कुनोवाट चित्कार छाड्दै विष्णु भन्छिन मेरो उहाँलाई सानो तिनो मान्छेले मारेकै छैन ठुलै मान्छेले भएरै दवाईएको छ । झुण्डिएर त उहाँ मर्ने सक्नु हुन्न । परिवारका हरेक सदस्यको भनाई पनिमेरो त्यही छ ।

विष्णुले भने झैं को हो त ठुलै मान्छे ? भनेर पत्ता लगाउन प्रहरी प्रशासनले त पत्ता लगाउन नसके पछि परिवारजन हे ईश्वर भन्नु शिवाय अरु विकल्पमा छैनन् । दाजु रेणुकान्त भट्टराई प्रहरी प्रशासन कै हात हो कि भन्ने सम्मको आरोप लगाउँ छन् । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी एकनारायण कोईराला छानिविन गहिरो संग हुने बताउँदै आएका छन् । नियतिको ठुलो वज्रपातमा परेकी विष्णु लौन……..उहाँ त मर्नु भएकै छैन खोजि दिनुस भन्छिन कति वेला । फेरी भन्छिन.. उ मेरो उहाँ त टुप्लुक्क आई पुग्नु भो । उता हेर्छु कति वेला टुप्लुक्क आउनु हुन्छ भनेर पक्कै आउनु तर आउनु हुन्न.. डाको………….. ओठ मुख सुक्छ । किक्क किक्क गर्छिन् । विवाहको दिन आफ्नो फेशबुकमा वेहुलाले भन्दा पहिला रमाउँदै फोटो अपलोड गरेकी विष्णुको त्यो रातो साडीमा वेहुला संग मुस्कुराएको तस्वीर अहिले सेतै पहिरान देख्दा मुटु भक्कानिन्छ । हेर्नुहोस भिडियो रिपोर्ट

The post अर्घाखाँचीमा बिबाह को ७ दिन मै बेपत्ता बेहुलाको मृत्युपछि परिवार र श्रीमतीको यस्तो चित्कार दर्दनाक कथा – appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ixnpsX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top