Photo of Milford Sound in New Zealand

एजेन्सी। रुसका २० वर्षका एक युवकको अन्तरिक्ष र ग्रहहरुको बारेमा ज्ञान देख्दा बैज्ञानिकहरु चकित परेका छन् । २० वर्षीय बोरिस्का किप्रियानोभिच नामका ती युवकले आफू पहिले मंगल ग्रहमा बसेको र इजिप्टमा रहेको गिजाको विशाल मूर्ति खुल्नासाथ संसारमा चमत्कार हुने दावी गरेका छन् ।

बोरिस्काले अन्तरिक्ष र ग्रहहरुको बारेमा यतिसम्म सटिक जानकारी दिए कि यो सुनेर बैज्ञानिकहरु नै चकित परेका छन् । बैज्ञानिकहरुले ती युवकसँग यति धेरै जानकारी हुनु निकै रहस्यमय भएको बताएका छन् । यो उमेरमा यति धेरै ज्ञान हुनु सम्भव नभएको बैज्ञानिकहरु बताउँछन् । रिपोर्टका अनुसार बोरिस्काले स्कुलमा हुँदा पनि मंगल ग्रहको सम्बन्ध इजिप्तमा रहेका पिरामिडसँग भएको दावी गरेका थिए । उनले भविष्यमा यो रहस्य सबैको अगाडि खुल्ने बताएका थिए ।

बोरिस्काका अनुसार पिरामिडको बीचमा रहेको यो विशालकाय मूर्ति खोल्ने रहस्यसमेत उनलाई थाहा छ । यो मूर्ति खोल्ने रहस्य मूर्तिको कानको पछाडि भएको उनले दावी गरेका छन् । यो मूर्ति खुल्नासाथ संसार फेरिने उनले बताएका छन् । बोरिस्काले मंगलग्रहमा मानिसजस्तै जीवित प्राणी रहने दावी गरे । उनले ती प्राणीहरु ७ फिट अग्ला हुने र जमिनमुनि बस्ने बताए । बोरिस्काका अनुसार मंगल ग्रहका प्राणीहरु अक्सिजन नभइ कार्बनडाइअक्साइडको सहायताले जीवित रहन्छन् । उनीहरु कहिल्यै मर्दैनन् किनकि उनीहरुको उमेर ३५ वर्षसम्म बढ्छ त्यसपछि उमेर बढ्दैन ।

The post २० वर्षका युवकको ज्ञान देख्दा बैज्ञानिक चकित, यस्तो आश्चर्यजनक दावी गर्छन् ती युवक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AxcLJT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top