Photo of Milford Sound in New Zealand

रोल्पा, १६ कात्तिक – होलेरी—थवाङ शहीद मार्गअन्तर्गत घर्तीगाउँ—थवाङ सडकखण्डको दुईखोलीमा नेपाली सेनाले चट्टान फोरी बाटो चौडा पार्ने कामको थालनी गरेको छ ।

रोल्पा दुईखोली गाउँपालिकाअन्तर्गत दुईखोली बजार नजिक कडा चट्टानका कारण बाटो साँगुरो हुँदा घर्तीगाउँ—थवाङ आवतजावतमा निकै कठिनाइ भएकाले नेपाली सेनाको सहयोगमा बाटो निर्माण कार्य शुरु गरिएको दुईखोली गाउँपालिकाका विश्वकुमार चन्दले जानकारी दिनुभयो ।

शहीद मार्गको सो सडकखण्डमा २.५ मिटर मात्रै फराकिलो रहेको तथा सडक समेत उकालो रहेकाले दुर्घटनाको समेत ठूलो सम्भावना रहेकाले बेलैमा निर्माण कार्य थालिएको चन्दले जानकारी दिनुभयो । सामान्य कामदारबाट निर्माण कार्य सम्भव नभएकाले नेपाली सेनाको सहयोग लिइएको चन्दले बताउनुभयो ।

शहीद मार्ग सडक आयोजनाले अनुरोध गरेअनुसार सो सडक खण्डका विभिन्न स्थान गरी ५०० मिटर सडक चौडा गर्न रोल्पामा रहेको नेपाली सेनाको खड्ग दल गणको एक टुकडीले विष्फोटक पदार्थसहित योजनास्थल पुगी निर्माण कार्य शुरु गरेको छ । विष्फोटक पदार्थ समेत प्रयोग गरी सडक चौडा कार्य १० दिनभित्र सम्पन्न गरिने सैन्य स्रोतले बताएको छ ।

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई समेत ध्यान दिई निर्माण कार्य आरम्भ गरिएको सडक निर्माणसँगै सो सडकखण्डमा बाह्रै महिना यातायातका साधन चल्ने अपेक्षा गरिएको छ । सडक सुधारले उत्तरी रोल्पाका रांकोट, रांसी, कुरेली, मिरुल, थवाङ र पूर्वी रुकुमका समेत विभिन्न गाउँका जनतालाई आवतजावतमा सहज हुने बताइएको छ ।

सो सडकखण्ड सुधारसँगै घर्तीगाउँ—थवाङ सवारी आवतजावतमा सहज हुने दुईखोली गाउँपालिकाका लोकेन्द्र चन्दले बताउनुभयो । सो सडकखण्डको अन्य केही भाग सुधार भए थवाङलाई बाह्रै महिना सडक सञ्जालमा जोड्न सकिने चन्दले जानकारी दिनुभयो ।

रोल्पा जिल्लाका अधिकांश स्थानमा सडक सञ्जाल विस्तार भएका छन् । विस्तार भएका सडकमध्ये अधिकांश स्थानमा यातायातका साधन सञ्चालनमा आएका छैनन् भने यातायात चल्ने सडक पनि साँघुरा हुनुका साथै भिरपहरा रहेकाले यातायातका साधन सञ्चालनमा समस्या हँुदै आएको जलजला यातायात व्यवसायी समिति, रोल्पाका पूर्व महासचिव रामचन्द्र थापाले बताउनुभयो ।

नेपाली सेनाको खड्ग दल गणले यसअघि रोल्पा—सुलिचौर—थवाङ सडकखण्डको सिरक्याङ भिरको कहालीलाग्दो चट्टान फोरेर सडक निर्माण गरेको थियो ।

नमूना विद्यालय अभियानअन्तर्गत बलभद्र मावि, थवाङको अनुरोधअनुसार सो गणले सो विद्यालयको दुई कोठे पक्की भवन निर्माण पनि आफ्नै लगानीमा गरेको थियो ।

etajakhabar

The post बाटो चौडा पार्न रोल्पाका भिरपहरा काट्दै नेपाली सेना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h4KRQB
via IFTTT
01 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top