Photo of Milford Sound in New Zealand

नेपाली फिल्मकी उदयमान हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहको तपाई फ्यान हो भने, सबैभन्दा पहिला उनलाई जन्मदिनको शुभकामना भन्नुहोस् ।

साम्राज्ञीले आफ्नो उमेर त खुलाएकी छैनन् । तर, पनि उनी नेपाली फिल्ममा छोटो समयमा नै स्टार बनेकी हिरोइन हुन् । अभिनेता अनमोल केसीले फिल्म ‘ड्रिम्स’मा भित्राउँदा कसैले पनि उनी स्टार हुन्छिन् भनेर सोचेका थिएनन् ।

अहिले, उनको डिमाण्ड नेपाली फिल्ममा यति धेरै छ कि, उनलाई १० लाख पारिश्रमिक दिएर हिरो आर्यन सिग्देलले फिल्ममा खेलाउने तयारी गरिकसकेका छन् । दोश्रो फिल्म ‘ए मेरो हजुर २’ले पनि हिटको व्यापार गरेपछि उनलाई छुन सजिलो छैन ।

साम्राज्ञी मयंक खड्काको प्रेममा छिन् । प्रेममा रहेपनि उनलाई यो खबरले खासै फरक पारेको छैन । प्रेमको खबरले धेरै कलाकार असफल भएपनि साम्राज्ञीका दिवाना यूवाहरु अह, घटेका नै छैनन् । अब, त हिरो आर्यन सिग्देल समेत आफ्नो करिअर सुरक्षित बनाउन साम्राज्ञीसँगै फिल्ममा काम गर्ने तयारीमा लागेका छन् ।

नमात्तिकन, नफन्किकन, घमण्ड नगरिकन, काम गरिन् भने साम्राज्ञी १० बर्ष फिल्म क्षेत्रमा एकछत्र राज गर्न सफल हुन्छिन् । सुन्दर अभिनेत्री, मनमा नै सधै सुन्दरता भर्नु है । हामी धेरै धेरै शुभकामना भन्छौ ।
रातो खुर्सानी बाट

The post कति बर्ष पुगिन् साम्राज्ञी ? आज हो है जन्मदिन तपाइ पनि शुभ कामना दिनुहोस … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hL0xcf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top