Photo of Milford Sound in New Zealand

एजेन्सी। कहिलेकाहीँ निकै मेहनत गरेर कुनै काम गर्दा कुनै नतिजा निस्किन्न तर अपेक्षा नै नगरेको ठाउँ र समयमा अद्भूत खोज हुन्छ । यस्तै अद्भूत घटना एक अनुसन्धान टोलीसँग पनि भयो।

धेरै वर्ष पहिले जीवित रहेर अहिले लोप भइसकेका जीवजन्तुको अवशेषको खोजी गर्नेहरुको टिम सन् १०९० मा एक ठाउँमा अवशेष खोज्नको लागि निकै समय बिताएको थियो।

लामो समयसम्म खोजी गर्दा पनि कुनै नतिजा ननिस्किएपटि टिम निकै निराश भएर फर्कन लागे। केही अगाडि पुग्दा उनीहरुको गाडीको टायर पंक्चर भयो । त्यसपछि उनीहरुले यस्तो अद्भूत खोज गरे जसको उनीहरुले कल्पना पनि गरेका थिएनन् । अमेरिकाको साउथ डाकोटाको ब्ल्याक हिल्स इन्ष्टिच्युट अफ जियोलोजिकल रिसर्चका केही अनुसन्धानकर्ताहरु अवशेष खोज्न चेयन रिभर इण्डियन रिजर्वेसन गएका थिए । उनीहरुले जमिनका मालिकलाई ३ लाख दिएका थिए ताकि त्यहाँ गहिराइसम्म अध्ययन गर्न सकियोस ।

यो टिमले त्यहाँ अवशेष भेट्ने ठूलो आशा गरेका थिए तर त्यहाँ केही पाइएन । हार मानेर उनीहरु त्यहाँबाट धेरै टाढा राखिएको आफ्नो गाडीमा गए । त्यहाँ पुग्दा गाडीको टायर पंक्चर भएको थियो । टीमका धेरैजसो सदस्यहरु टायर ठिक गराउन गए। एक सदस्य सू हेंडरिक्सो मात्र त्यहाँ बसिन् । एक्लै भएपछि उनी त्यसै हिँड्दै अलि पर पुगेकी थिइन् त्यहाँ उनले जमिनमा एउटा हड्डी भेटिन्।

एउटा हड्डी भेट्नासाथ उनले अरु हड्डी खोज्न थालिन् । उनले त्यहाँ अरु पनि अवशेषहरु भेट्न थालिन् । उनले आफ्नो टिमलाई यसको जानकारी दिइन् । जब उनीहरुको इन्ष्टिच्युटका सिनियर प्रोफेसरले यी अवशेष हेरे त्यसपछि थाहा भयो यो अवशेष ‘ट्राइरानोसोरस’ (एक किसिमको डायनोसोर)को थियो । उनीहरुले त्यहाँबाट त्यो जीवको पुच्छ्, २ हात, ५ फिट लामो अनुहार र संसारका सबैभन्दा ठूला दाँतको खोजी गरे ।

The post सुनसान जंगलमा बिग्रियो गाडी, बाहिर निस्किएर हेर्दा पत्ता लाग्यो अनौँठो बस्तु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AQL5iC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top