Photo of Milford Sound in New Zealand

कञ्चनपुर – भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि विकास निर्माणका कार्य अघि बढाउन सकिएको छैन् ।

कार्यकारी अधिकृत नभएपछि नगरपालिका कार्यालयले उपभोक्ता समिति र निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यकारी अधिकृत नभएकाले उपभोक्ता समिति र ठेक्का सम्झौता हुन नसकेको बताए ।
नगरपालिकाले चालू आवका लागि पहिलो नगर सभाबाट पारित बजेटअनुसार विकास निर्माणका योजना बनाएको छ । तर कार्यकारी नभएर सम्झौता नहुँदा विकास निर्माणमा ढिलाइ हुने चिन्ता बढेको छ ।

भीमदत्त नगरपालिकाले चालू आवमा रु डेढ अर्ब बजेट नगर सभाबाट पारित गरेको छ ।
दुई महिनाअघि नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रमेश गौतमलाई बैतडी जिल्ला समन्वय समितिमा सरुवा गरिएको थियो । उहाँको स्थानमा सरुवा गरिएका तर्कराज भट्ट नआएपछि नगरपालिका कार्यकारी प्रमुखविहीन भएको हो ।
स्थानीयवासीले चुनावी वाचाअनुसार विकास निर्माण अघि बढाउन दबाब दिन थालेका छन् ।

The post कञ्चनपुरमा कार्यकारी अधिकृत नहुँदा विकास निर्माण अलपत्र appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zBIcob
via IFTTT

0 comments:

Post a Comment

add

 
Top