Photo of Milford Sound in New Zealand

कात्तिक ६ –चलचित्रको पर्दामा जब नायकहरु आक्रोशित हुन्छन्, दर्शकहरुबाट उनीहरुले ताली पाउँछन् । यदि उनीहरुले वास्तविक जीवनमा त्यही व्यवहार देखाए भने विवादमा आउने गर्छन् ।

बलिउडको एंग्री म्यानको सूचिमा अब आदित्य नारायणको नाम पनि थपिएको छ । चर्चित गायक उदित नारायणका छोरा आदित्य नारायण त्यो ‘कूल’ स्वभाव का मानिन्छन् । तर अहिले सामाजिक सञ्जालमा आदित्य नारायणको रौद्र रुप भाइरल भएको छ । यो भिडियोमा आदित्य नारायणले एयरपोर्टमा एयरलाइन्सका स्टाफसँग झगडा गर्दै गरेको देखिन्छ । कुनै कुरामा उनी एयरलाइन्सका कर्मचारीसँग बहस गरिरहेका छन् । उनले ती कर्मचारीलाई नराम्रो शब्दमा गाली गरेका छन् ।

भिडियो रायपुर विमानस्थलको भएको बताइएको छ । उनी दसैँको कार्यक्रममा भाग लिन त्यहाँ गएका थिए । उनले पछि एयरलाइन्ससँग माफी पनि मागे । आदित्यको यो व्यवहारको धेरैले निन्दा पनि गरेका थिए ।

त्यस्तै सुशान्त सिंह राजपुत पनि रिसाहा सेलिब्रेटीमा पर्दछन् । ‘राब्ता’ को प्रमोसनमा सुशान्तले आफ्नो रिस काबूमा राख्न सकेनन् । चलचित्रको ट्रेलरको लन्च कार्यक्रममा सिनियर रिपोर्टरले पाकिस्तानमा भारतीय सैनिक कुलभुषण जाधवलाई दिएको फाँसीबारे प्रश्न सोधेका थिए । निर्देशक दिनेश विजनले उत्तर दिन सही समय नभएको बताएका थिए । तर सुशान्त पत्रकारसँग झगडा गर्न थाले । त्यस्तै ‘राब्ता’ र ‘मगधिरा’ को कथावस्तु एउटै भएको आरोपमा पत्रकारको प्रश्नमा पनि सुशान्त भड्किएका थिए । ‘मगधिरा’ का निर्माताले ‘राब्ता’ माथि कथा चोरेको आरोप लगाएका थिए ।

बलिउडका वरिष्ठ कलाकार ऋषि कपुर पनि सामाजिक सञ्जालमा का साथै वास्तविक जीवनमा रिस पोख्ने कलाकारमा अग्रपंक्तिमा आउँदछन् । गत वर्ष उनले गणपति विसर्जनको समयमा उनले एक फोटोग्राफरलाई धक्का दिएका थिए । सामाजिक सञ्जालमा भड्केका थुप्रै घटना रहेका छन् ।

अर्का बलिउड अभिनेता रणवीर कपुर शान्त स्वभावका मानिन्छन् । तर उनले २०१३ मा यस्तो काम गरेका थिए कि कसैले पनि उनीबाट त्यस्तो अपेक्षा गरेका थिएनन् । बान्द्रामा रणवीर निर्देशक अयान मुखर्जीका साथ डिनरमा गएका थिए । फोटोग्राफरहरु उनको फोटो खिचिरहेका थिए । रणवीरले एक फोटोग्राफरसँग क्यामेरा मागेका थिए । फोटोग्राफरले क्यामेरा दिए । रणवीरले क्यामेरा लिएर हिँडे, उनले ती फोटोग्राफरलाई सिनियरलाई फोन गर्न लगाए ।

सलमान खान पनि मिस्टर ‘कूल’ नै मानिन्छन् । तर उनले पनि पटकपटक आफ्नो दबंगगिरी देखाएका छन् । अनिल कपूरको बर्थ डेबाट फर्कने बेला एक फ्यानलाई थप्पड हानेका थिए ।

सैफ अली खान पनि आफ्नो टेम्पर गुमाउने अभिनेतामो सूचिमा आउँदछन् । उनीविरुद्ध २०१२ मा एनआरआई व्यापारीसँग मारपिट गरेको आरोपमा प्रहरीमा केस दर्ता भएको हो । अभिनेता गोविन्दा त आफूले रिस नियन्त्रण गर्न नसक्नाले अहिलेसम्म त्यसको केस लडिरहनु परेको छ ।

केही वर्ष पहिले एउटा चलचित्रको सुटिङमा गोवन्दाले एक जना फ्यानलाई थप्पड हानेका थिए । मुद्धा अदालतसम्म पुग्यो । गोविन्दाले माफी त माग्नु नै प¥यो, उनले क्षतिपूर्ती पनि दिनुपर्‍यो ।

केही वर्ष पहिले आइपिएल खेलका अवसरमा शाहरुख खानले एक सेक्युरिटी गार्डलाई दुव्र्यवहार गरेका थिए । आफ्नी छोरी सुहानालाई धकेलेको निहुँमा शाहरुखले गार्डलाई दुव्र्यवहार गरेका थिए । त्यसपछि शाहरुखलाई मुम्बईको डीवाई पाठिल स्टेडियम प्रवेशमा रोक लगाइएको थियो ।

The post बलिउडका सबैभन्दा रिसाहा कलाकार, थप्पड हान्नेदेखि क्यामेरा खोस्नेसम्म appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z2ChsT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top