Photo of Milford Sound in New Zealand

एजेन्सी, “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य (वा आफु) प्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रियाको रुपमा बर्णन गरिन्छ । मानिसबीचमा होस् वा जनावरहरुको बीचमा, जब कोही जोडी प्रेममा पर्दछ तब सारा विघ्नबाधा हटाउने प्रण गर्दछन् ।

यो कुनै किताबी कहानी होइन, सत्य घटनामा आधारित छ । जसमा चिडियाखानामा रहेको एउटा भाले कछुवाले आफ्नी प्रेमिका पोथी कछुवालाई पाउनका लागि यस्तो बहादुरी देखायो कि सुन्दैमा नतमस्तक भइन्छ ।

भाले कछुवाको नाम हो, फ्रेडी । उसको उमेर ७० वर्ष छ । यो बेलायत अधिनस्थ जर्सी टापुको सबैभन्दा पुरानो सदस्य हो । स्थानीय सेन्ट म्यारीस्थित एक घरका मानिसले फ्रेडीलाई पालेका थिए । घरमा उसकी प्रेमिका एस्ट्रिड थिइन् । जसको उमेर थियो, जम्मा १५ वर्ष । जवान एस्ट्रिडलाई स्थानीय जर्सी चिडियाखानामा राख्नका लागि लगियो ।

भालेलाई जब आफ्नो प्रेमिकालाई अन्तै सारेको कुरा थाहा भयो, ऊ अचानक घरबाट गायब भयो । अचानक कछुवा गायब भएपछि घरमालिक तीनछक परे । एकजना बटुवाले उक्त कछुवालाई स्थानीय जर्सी चिडियाखाना नजिकैको चौरमा हिँडिरहेको देखेछन् । बिचरो फ्रेडी आफ्नी प्रेमिका राखिएको चिडियाखाना नजिकै पुगिसकेको थियो, तर उसलाई त्यहीँ रोकियो ।

उक्त कछुवालाई पछि उद्दार गरी कछुवा संरक्षण केन्द्रमा बुझाइयो । कछुवा संरक्षण केन्द्रले पछि यो कछुवालाई उसका मालिक जोआन्ने स्टान्टनलाई हस्तान्तरण गर्यो । अच्चमको कुरा त के भने निकै ढिलो हिँड्ने यो कछुवाले आफ्नी प्रेमिका भेट्नका लागि १० किलोमिटर दूरी २४ घन्टामा पूरा गर्यो ।प्रेमिका भेट्न कछुवाले पूरा गरेको यो म्याराथन दौड साच्चिकै प्रेमजोडीहरुका लागि उदाहरणीय रहनेछ ।

एजेन्सीको सहयोगमा

The post जव एक ७० वर्षीय कछुवाको माया बस्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kGbxs5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top