Photo of Milford Sound in New Zealand

विराटनगर। मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे। भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुपर्यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुईजना घाइते भए।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति कृष्ण अधिकारी आफन्तहरूले धेरै गुनासो गरेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर आइतबार यातायात व्यवस्था कार्यालय पुगे । तर, त्यहाँको अवस्था देखेर उनी पनि चकित भए । पाँच किलोमिटर लामो लाइन । लाइसेन्सको प्रक्रियाका लागि टोकन लिन आएकाको मोटरसाइकलको ताँती र लाइन व्यवस्थापन गर्न प्रहरीले दिइरहेको दबाब देखेर उनी दिक्क भए ।

उनले मोबाइलबाट केही फोटो र भिडियो खिचे अनि फेसबुकमा स्टाटस लेखे, ‘अपराधीले मानव अपहरण गरेर फिरौती लिएकोभन्दा राज्यले नागरिकलाई यातना दिएर ठूलो अपराध गरिरहेको छ । ए प्रतिपक्षका नेताहरू हो नागरिकले पाएको यस्तो सास्तीबारे चाहिँ तिमीहरूले बोल्न पर्दैन ? हे सरकार विधि बनाएर रेगुलर लाइसेन्स दिने व्यावस्था मिलाउँदा के बिग्रन्छ ?’

-नौ महिनापछि खुलेको सवारी यातायातको लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही यातायात कार्यालयमा भेला भएका थिए ।

-हजारौँ मानिस लाइनमा बसेका वेला बिचौलियाहरूले निःशुल्क पाइने टोकन (फारम दर्ता गराउने मिति लेखेको चिट) पाँच सयदेखि १५ सय रुपैयाँसम्म बिक्री गरेका थिए ।

-कोसी अञ्चल यातायात व्यवस्था सवारी अनुमति कार्यालयका प्रमुख श्यामकुमार सिंहले सोचेभन्दा बढी सेवाग्राही आएकाले भिड व्यवस्थापन गर्न समस्या भएको बताए ।

१५ सयको लाइसेन्स बनाउन कम्तीमा १५ हजार खर्च

टोकन लिने हजारौँ भएकाले लाइसेन्स लिन महिनौँ लाग्न सक्छ । सो समयमा लाइसेन्स लिनकै लागि कतिले तोकिएको बिहे सार्नुपर्ने, विदेश जाने मिति बदल्नुपर्नेसमेत हुन्छ । आइतबार घन्टौँ लाइनमा बसेर टोकन लिएका एक युवाले आफ्नो मंसिर अन्तिम साता बिहे परेकाले बिहे छाड्ने कि लाइसेन्स छाड्ने भन्ने दोधारमा परेको बताए ।

‘बिहे छाडाैँ जीवनको कुरो छ, लाइसेन्स छाडौँ फेरि कहिले पाइएला थाहा छैन । फारम दर्ता गराउने मिति पनि त्यही समयमा परेको छ, के गर्ने के नगर्ने अन्योलमा परेको छु,’ उनले भने । पटकपटक धाउनुपर्ने झन्झटले बन्द व्यापार र पेसाकर्मीहरूले पाउने सास्ती त छँदै छ, खाने–बस्ने समस्या र आतेजाते यातायात खर्चको बोझले १५ सय रुपैयाँ राजस्व तिरेर प्राप्त गर्न सकिने लाइसेन्स १५ हजारभन्दा महँगो पर्न जान्छ ।

नयाँ पत्रिकाबाट

The post लाइसेन्सको लागि पाँच किलोमिटर लाइन: विहे सार्ने कि लाइसेन्स लिने अन्योलमा युवा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xyjelR
via IFTTT
29 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top