Photo of Milford Sound in New Zealand

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै देशका खेलाडीमाथि खनिएका छन् । यसै सप्ताहन्तमा ट्रम्प भाषण र ट्विटमार्फत् खेलाडीहरुमाथि खनिएका हुन् ।

शुक्रबार अलाबामा पुगेका ट्रम्पले अचानक एनएफएल र खेलाडीहरुको आलोचना सुरु गरे । ‘एनएफएल टोलीमध्ये एकको मालिकले हाम्रो झण्डाको अपमान गर्ने खेलाडीलाई ‘त्यो कुकुरको छाउरोलाई मैदानबाट तुरुन्त निकालिहाल !’ भनेर निकाले कस्तो हुन्थ्यो होला !’ ट्रम्पले भने ।

शनिबार पनि उनले ट्विटमार्फत खेलाडीहरुको आलोचना गरे । ‘यदि कुनै खेलाडी एनएफएल वा अन्य लिगमा मा दशौँ लाख डलर कमाउने सुविधा चाहन्छ भने राष्ट्रिय गानको बेला उभिनुपर्छ । उसलाई हाम्रो महान अमेरिकी झण्डाको अपमान गर्न दिइनु हुदैन । यदि त्यसो नगरे उनीहरुलाई बर्खास्त गरिनुपर्छ । कुनै अरु काम खोज !’

ट्रम्पको यस्तो आलोचनालाई खेलाडीहरुले रुचाएनन् । नेसनल फुटबल लिग (एनएफएल) का खेलाडीले ट्रम्पको अभिव्यक्तिको अझ बढी विरोध गरे । आइतबारको खेलमा विभिन्न टोलीका दर्जनौँ खेलाडीले एकअर्काको हात बाँधेर र घुँडा टेकेर ट्रम्पको प्रतिरोध गरे।

यसअघि कहिल्यै प्रदर्शनमा नउत्रिएका खेलाडी पनि यस पटक सामेल भए । ट्रम्पले फेरि ट्विटमार्फत हातबाँध्नु राम्रो तर घुँडा टेक्नु नराम्रो भन्दै आलोचना गरे । त्यसयता पनि उनले बारम्बार ट्विट गरेर एनएफएलको टिभी रेटिङ, दर्शकहरुको कम उपस्थिति, आदिको आलोचना गरे ।

त्यस्तै उनले झण्डाको अपमान गर्ने खेलाडीलाई खेल समर्थकले कहिल्यै माफ गर्न नहुने पनि बताएका छन् । तर ट्रम्पको भद्धा अभिव्यक्तिका कारण खेलाडीहरुमा अझ बढी आक्रोश देखिएको छ ।

The post आफ्नै देशका खेलाडीहरुलाई ट्रम्पले ‘कुकुरको छाउरो’ भनेपछि ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2xmwLfj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top