Photo of Milford Sound in New Zealand

पनिपत (एजेन्सी)– भारत हरियाणाकी लोकगायिका २२ वर्षीया हर्षिता दहियाको गोली हानी हत्या भएको छ। मंगलबार राती अज्ञात समूहले उनलाई गोली हानेका थिए। हर्षिता पानिपत गाउँको चमराडामा आयोजना भएको कार्यक्रममा भाग लिएर फर्किदै थिइन्।

उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनलाई ४ गोली लागेको थियो,जसका कारण घटनास्थलमै निधन भएको बताइएको छ। हत्याको कारण खुल्न सकेको छैन्।

प्रहरीले हालसम्म कुनै सुराकी पाएको छैन्।

हर्षिता सोनिपतको नहरा–नहरा गाउँको स्थायीवासिन्दा हुन्। उनी केही समयदेखि दिल्लीको नरेलामा बस्दै आइरहेकी थिइन्। उनले चमराडा गाउँमा आयोजना हुने कार्यक्रमको बारेमा आफ्नो फेसबुकमा जानकारी दिएकी थिइन्।

प्रहरीका अनुसार कार्यक्रम समाप्त भएपछि हर्षिता आफ्ना साथीहरुसँग कारमा घर फर्किदै थिइन्। कारमा अन्य एक गायिक, सहगायिका र कार चालक सवार थिए। उनीहरु चर्मरा र काकोडा गाउँको बीचमा पुगेपछि एउटा कालो रंगको कारले उनीहरुलाई ओभरटेक गरेको थियो। र, कार रोकेर दुई युवकले सबैलाई गाडीबाट उतारेका थिए। बाहिर हर्षिताको टाउकोमा गोली हानिएको थियो।

साभार :samajikmedia.com बाट

The post २२ वर्षीया गायिका हर्षिताको गोली हानी हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kZobTb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top