Photo of Milford Sound in New Zealand

काठमाडौं । अाईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ बिचको खेल सुरु भएको छ ।हङकङ पुरानै प्रतिद्वन्द्वी भए पनि वर्तमान नेपाली खेलाडीलाई हङकङको भूमि नयाँ हुनेछ । हाल नेपाली टोलीमा रहेकामध्ये मात्र तीन खेलाडीले हङकङमा खेलेका छन् । कप्तान पारस खड्का र शरद भेषावकरले सन् २००५ मा हङकङमा खेलेका थिए । यसै वर्ष युवा स्पिनर सन्दीप लामिछानेले पनि हङकङमा प्रतियोगिता खेले । त्यस बाहेकका नेपाली खेलाडीलाई हङकङको पिचको अनुभव छैन । हेर्नुस् लाईभ भिडियो

शीर्ष चारमा परेर विश्वकप छनोटको सम्भावना कायमै राख्न नेपाललाई बाँकी सबै खेल जित्नु बाध्यता छ । शीर्ष दुईमा रहेका नेदरल्याण्ड्स (१८) र पपुवा न्यूगिनी (१६) ले विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् । स्कटल्याण्ड (१५), केन्या (१२), हङकङ (११) र नेपाल (८) दुई स्थानका लागि प्रतिस्पर्धामा छन् अन्तिम चरणमा नेपालले यूएई, केन्याले स्कटल्याण्ड र हङकङले पपुपा न्यूगिनीसँग खेल्नेछ ।

यस्तो छ नेपाली टिम : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सुशील कँडेल , ललित सिंह भण्डारी, सन्दिप लामिछाने, आरिफ शेख, सुशन भारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी र नरेश बुढाऐर

The post विश्व क्रिकेट लिग: नेपाल र हङकङ बिचको खेल सुरु ( लाईभ भिडियो हेरौ ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2gfYNa7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top