Photo of Milford Sound in New Zealand

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ निवासी १० वर्षीय बालक ऋत्विक के.बी.ले फेला पारेकोे पर्स सम्बन्धित व्यक्तिलाई फिर्ता दिएर अनुकरणीय कार्य गरेका छन् । चितवनको भरतपुर महानगरपालिका अन्तर्गत नारायणी मेडिकल कलेज हातामा महत्वपूर्ण कागजपत्र र नगदसहितको पर्स फेला पारी उनले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका हुन् ।

ऋत्विक मकवानपुरे साहित्यकार तथा अधिवक्ता ऋषि के.बी.का छोरा हुन् । उनी जिएस निकेतनमा कक्षा ५ अध्ययनरत छन् । आफ्नो करिब ३० हजार नगद र महत्वपूर्ण कागजपत्र समेत रहेको पर्स फेला पारी बुझाएकोमा भरतपुर उपमहानरपालिका वडा नम्बर ८ निवासी क्वालिटी थाई फुड्स (टेस्टी बिस्कुट) का नारायणी अञ्चल व्यवस्थापक न्युटन सुवेदीले ऋत्विकलाई धेरै धेरै धन्यवाद दिए ।उनले बालक ऋत्विकको कार्यले आफु समेत प्रभावित भएको र प्रोत्साहान स्वरुप केही पुरस्कार समेत प्रदान गरेको बताए । आफ्नो महत्वपूर्ण कागजपत्र समेत हराएपछि चिन्तित बनेका उनले ऋत्विकलाई धन्यवाद दिँदै उनको सहयोगी भावनाको खुलेर प्रशंसा गरेका छन् ।

उनका पिता ऋषि केबीले पनि छोराको सहयोगी भावना देखेर आफुलाई खुशी लागेको बताए । पर्स फेला परेपछि प्रहरीको नम्बर मागेर छोराले पर्स भेटाएको बारे सुनाएको र पछि नम्बर नै फेला परेका कारण न्युटन सुवेदीलाई फोन गरी ऋत्विक आफैले पर्स बुझाएको बताए । नगद सहितकोपर्स बुझाएका ऋत्विकलाई तु खबरले प्रतिकृया लिँदा उनले भेटाएको पर्स दिनुपर्छ भन्ने लागेका कारण पर्स बुझाएको बताए ।-तु-खबरबाट

The post १० वर्षीय बालकको अनुकरणीय काम, फेला पारेको हजारौँ नगदसहित | सम्मान स्वरूप लाइक र सेयर गर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y8OwCM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top