Photo of Milford Sound in New Zealand

काठमाडौं । साउथ फिल्मका सुपरस्टार महेशबाबु आज (विहिबार) ४२ जन्मदिन मनाउदैँ छन् । ४ बर्षको उमेरमा बाल कलाकारको भूमिकाबाट आफ्नो करिअर शुरु गरेका थिए ।

उनी अहिले करिब १२७ करोडका मालिक हुन् । २००५ मा मिस इन्डिया तथा बलिउड अभिनेत्री नम्रता शिरोडकरसँग विवाह गरेका महेशले कार कलेश्सन समेत गरेका छन् ।

हैदरबादमा उनको आलिशान बंगला छ । जसको मूल्य करिब ११ करोड रुपैंया छ । उनी एक फिल्ममा काम गरेका वापत १८ देखि २० करोडसम्म पारिश्रमिक लिन्छन् । उनले लिड रोलमा भने १९९९ मा फिल्म ‘राजा कुमारुदु’ बाट गरेका हुन् । यो फिल्ममा उनकी हिरोइन थिइन् प्रिती जिन्टा ।

उनले ‘मुरारी’, ‘बाबी’, ‘ओक्काडू’, ‘अर्जुन’ लगायतका फिल्ममा काम गरेका हुन् । उनको आगमी फिल्म ‘स्पाइडर’ २७ डिसेम्बरमा रिलिज हुँदैछ ।

फिल्ममा आउनुभन्दा पहिले उनले ३–४ महिना अभिनय समेत सिकेका थिए । उनले निर्देशक एल सत्यानन्दबाट कमर्समा ब्याचलर डिग्री लिएपछि अभिनय सिकेका थिए ।

उनलाई तेलुगु लेख्न र बोल्न समेत आउँदैन थियो । उनको जन्म चेन्नईमा भएको थियो । उनका पाँच भाइ, बहिनी छन् । उनका पिता कृष्णा साउथ फिल्ममा एक्टर थिए । एजेन्सी

The post १२७ करोड सम्पतीका मालिक हुन् महेश बाबु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gkId9d
via IFTTT

0 comments:

Post a Comment

add

 
Top