Photo of Milford Sound in New Zealand

कपन काठमाण्डौका २० बर्षीय सुशान्त खत्री यतिबेला भारतको चर्चित च्यानल स्टार प्लसबाट आउने रियालिटी शो डान्स प्लस सिजन २ मा एक प्रतियोगीको रुपमा छन् । सुशान्तको काम देखेर उनका सहकर्मी र सुपर जज रेमो डिसुजाले समेत उनलाई उपाधीको दाबेदार भनिसकेका छन् । सुशान्त उत्कृष्ट ६ सम्म पुगिसकेका छन् ।

राम्रो पढ्ने छोरो नाच्न थालेको देखेर उनका पिता हनुमान खत्रीलाई तनाव भएको थियो । तर अहिले आफ्नो छोरालाई चर्चित च्यानल स्टार प्लसमा प्रस्तुति दिंदै गरेको देख्दा उनका आमाबुवा पनि निकै खुसी छन् । सुशान्तले टेन प्लस टु पछि नृत्यमै आफ्नो करियर बनाउँछु भनेर लागिपरेका हुन् ।

हाल उनी स्टार प्लसकै खर्चमा मुम्बईमा बसिरहेका छन् । तर केहि दिनमै उनी नेपाल आउने कुरा पनि छ । उत्कृष्ट ६ मा पुगेका सबैलाई स्टार प्लसले भोटका लागि आ आफ्नो गृह नगरमा पठाउने भएपछि सुशान्त नेपाल आउन लागेका हुन् ।

दश बर्षको उमेरदेखि नै नुत्यमा चाख राख्ने सुशान्तले यो भन्दा पहिले पनि ईन्डीयाकै अर्को रियालिटी शोे ईन्डीयाज डान्सिङ सुपरस्टार २०१२ मा सहभागीता जनाएका थिए ।

तर उनी त्यसमा टप टेनमा पुगेर बाहिरिए । यसपटक भने उनले जित्ने सम्भावन प्रवल छ । यसरी भारत गएर आफ्नो प्रतिभा देखाउने सुशान्त मात्रै छैनन् । अन्य केहि देशका सुपर ट्यालेन्टहरुले पनि भारतमा गएर नेपालको शान मान, र गौरव बढाएको हाम्रा आँखा अगाडी नै छन् ।

तेरिया मगर
रुपन्देही रुद्रपूरकी तेरिया मगर नेपालकी शान हुन् भन्दा फरक पर्दैन । ११ बर्षीय बालिकाको ट्यालेन्ट देखेर सारा नेपालीहरु नै कायल भएका थिए । तेरियाले डि आई डी लिटिल मास्टर सिजन ३ जितेर नेपाल फर्किंदा सारा नेपालीको मन खुसीले गद्गद् भएको थियो ।

२०५९ साल साउनमा जन्मिएकी तेरियाले डि आई डीमा भाग लिनु भन्दा पाँच बर्ष पहिले देखि नै नृत्य क्लास लिदै आएकी थिईन् । उनलाई सानै देखि नृत्यमा रुचि थियो । उनको नृत्यमा एक्ट्रा रस देखिन्छ ।

सामान्य नृत्यकारले उनको नृत्य गर्न सक्दैन । तेरिया डि आई डीमा जानु र विजेता हुनुमा उनका हजुरबुवाको ठूलो हात छ । उनका हजुरबुवाले तेरिया नाचेको भिडियो आयोजक सम्म पुर्याएपछि तेरिया छनौट भएकी थिईन् ।

छनौट भएसँगै कडा मेहनत पछि उक्त शो जितेरै नेपाल फर्किईन् । तोरियाले उक्त शो जितेर भारु ५० लाख र कार उपहार पाएकी थिईन् ।

निर्मल तामाङ
नुवाकोटको विदुर नगरपालिका त्रिशुलीबजार ११ का निर्मल तामाङको ट्यालेन्टलाई पनि सबैले सलाम गरेका थिए । निर्मलले जि टि भीबाट प्रसारण हुने रियालिटि शो डान्स ईन्डीया डान्स सिजन पाँचमा गएर आफूमा भएको प्रतिभालाई विश्व सामु देखाए । आफ्नो ट्यालेन्टका कारण शोको उत्कृष्ट १० मा परेका निर्मल उत्कृष्ट दशमै सिमित भए ।

तर उनको कला देखेर छक्क नपर्ने कोही पनि थिएनन् । फाईनल सम्म पुगेर बाहिरएका उनको चर्चा कोही विजेताको भन्दा कम थिएन । अहिले डान्स प्लस र शाहिद कपूरको फिल्ममा सहायक कोरियोग्राफरको रुपमा काम गरिसकेका छन् ।

दार्जीलिङका प्रशान्त तामाङ
सोनी च्यानलबाट प्रशारित रियालिटी शो ईन्डीयन आईडलको सिजन ३ मा प्रशान्त तामाङ सहभागी थिए । ईन्डीयन आईडल प्रशान्त तामाङ दार्जीलिङका भएपनि उनी नेपाल भाषी भएका कारण उनलाई नेपालीले प्रशस्तै माया गरे । उनले नेपालमा बस्ने नेपाली मात्र नभएर भारतमा बसोबास गर्दै आएका नेपालीको मनमा समेत स्थान बनाए ।

उनलाई जिताउन सारा नेपालीले भोट गरेका थिए । प्रशान्त जज प्यानल देखि भारतीयहरुको अनुमान विपरित सबैभन्दा धेरै भोट पाएर विजेता बनेका थिए । फाईनलमा उनले आफू नेपाली भएको भन्दै नेपाली टोपी लगाएर नेपाल प्रतिको माया दर्शाए ।

ईन्डीयन आईडल बने लगत्तै प्रशान्तले नेपाली फिल्म र अन्य गीतहरुमा पनि आवाज दिने मौका पाए । यसका साथै उनी नायकको रुपमा पनि आफ्नो परिचय बनाएका छन् । गोर्खा पल्टन, परदेशी लगायतका फिल्ममा उनले अभिनेताको रुपमा काम गरेका छन् ।

कपिल थापा
ईन्डीयन आईडलको चौथौ सिजनमा दार्जिलिङका नेपाल भाषी कपिल थापाले पनि सहभागीता जनाएका थिए । आफूमा राम्रो प्रतिभा र जित्नसक्ने खुबी हुँदा हुँदै पनि कपिलले भने फस्ट रनअपमै चित्त बुझाउनु पर्यो । कपिललाई जिताउनको लागि संसारै भरिका नेपालीहरुले भोट गरेका थिए । विडम्बना प्रयास असफल भयो । कपिल देहरादुन बासी भारतीय सेनामा कार्यरत नेपाली भाषी हुन् ।

प्रकृति गिरी
प्रशान्त तामाङले ईन्डीयन आईडल जितेपछि प्रकृती गिरीले भ्वाईस अफ ईन्डीया र जि टी भीको सारे गम पमा सहभागीता जनाएकी थिईन् । गाला राउण्डमा पुगेर प्रकृती बाहिरिएकी थिईन् । किनकी उनले अरुको भन्दा कम भोट प्राप्त गरेकी थिईन् । तर पनि राम्रो गायकीका कारण प्रकृतिले भारतीय टेलिभिजनका जजहरुबाट वाहवाही भने बटुलेकी थिईन् ।

यहि हौसलाका साथ उनी अहिले नेपाली सांगीतिक क्षेत्रका साथै देश विदेशमा हुने स्टेज शोहरुमा आफ्नो गायकी प्रस्तुत गर्दै हिंडिरहेकी छिन् । प्रकृति स्टेज शोहरुमा नेपाली र हिन्दी भाषाका गीतहरु गाउँछिन् ।

कर्मा शेर्पा
कर्मा शेर्पाले पनि प्रकृतिसँगै एउटै शोमा सहभागीता जनाएका थिए । उनी पनि गाला राउण्ड पार गर्न नसकेपछि शोबाट बाहिरिएका हुन् । कर्माले बंगाली भाषमा प्रसारण हुने जि टीभीको सारे गम पको उपाधि जितेर केन्द्रिय प्रसारणको सोरेगमपकको गाला राउण्डसम्म पुग्ने अवसर पाएका थिए । कर्मा हाल देश बिदेशमा हुने समंगीतिक कार्यक्रमहरुमा व्यस्त छन् । उनी स्टेज शोहरुमा नेपाली हिन्दी गीतहरु सुनाउँदै हिड्छन् ।

शिवाङगीनी राणा
नेपाली मोडल शिवाङगीनी राणाले एम टि भिको रियालिटी शो स्प्लिटस् भिलामा सहभागीता जनाएकी थिईन् । उनी उक्त शोको गाला राउण्डबाट बाहिरएकी थिईन् ।

एलिषा शर्मा
नेपाली मोडल एलिषा शर्मा (काठमाण्डौ)ले पनि एम टि भिको रियालिटी शो स्प्लिट्स भिला सजिन ८ मा सहभागिता जनाएकी थिइन् । उनले पहिलो चरणको नोमिनेशन पछि शो बाट बाहिरिएकी हुन् ।

भारतीय रियालिटि शोहरुमा नेपाली का साथै नेपालीभाषीहरुको वर्चशव देखिन्छ । आसामका रोहित नेपालीले पनि भ्वाई अफ ईन्डिया नामक स्टार प्लसको शोमा गाला राउण्डसम्मको यात्रा तय गरेका थिए ।

त्यस्तै आसामका ओम क्षेत्रीले पनि भारतीय रियालीटी शोमा गएर नेपालको गौरव बढाएका थिए । आसामका उनी नेपाली भाषी थिए । त्यस्तै राँचीकी सौम्या सौम्या राई पनि नेपाली भाषी थिईन् । उनले डि आई डी डान्स लिटिल च्याम्पसमा नृत्य प्रस्तुत गरेर सबैलाई चकित बनाएका थिइन् ।

ओम फस्ट रनरअप भएका थिए भने सौम्याले चौथो स्थान हासिल गरेकी थिईन् । तेरियासँगै अनुष्काले पनि डि आई डी लिटिल मास्टरमा भाग लिएकी थिईन् । अनुलाई उछिन्दै तेरिया पहिलो स्थानमा आएकी हुन् । अनुष्का पनि नेपाली भाषी नै थिईन् ।

यसरी भारतीय रियालिटी शोमा भाग लिने नेपाली मध्ये कतिले उपाधी नै जिते त कतिले उत्कृष्ट १० सम्म पुग्दा लाखौँ सहभागीलाई जिते ।

The post यी हुन भारतीय हरुलाई हराएर आफु विजय हुने नेपालीहरु, कस्ले के मा जिते ? रोचक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xkFOmd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top