Photo of Milford Sound in New Zealand

असोज १५ – कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गो बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्को विमान जान लागेको छ ।

सेनाको सो जहाज कार्गो लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या देखा परेकोले कामेली जान नसही बिमान राजधानीतर्फ नै फर्केको थियो ।

दुर्भाग्यबस राजधानी किन्सासा पुग्नुभन्दा केही समयमात्र अघि जहाज दुर्घटनामा परेको छ । राजधानी किन्सासा पुग्न करिब १०० किलोमीटर बाँकी रहँदा सो विमान खेतमा खसेको थियो ।

सैनिक स्रोतले आफ्नो नाम नबताउने सर्तमा सो विमानमा रहेका सबैजनाको ज्यान गएको बताएको छ । त्यस विमानमा अरु कतिजना यात्रु थिए भन्ने बारेमा अझै स्पष्ट भएको छैन । – रासस

The post दुख्द खबर : विमान दुर्घटनाग्रस्त, कैयौँ मारिएको आशङ्का,,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xHKP7u
via IFTTT

0 comments:

Post a Comment

add

 
Top