Photo of Milford Sound in New Zealand

कमल सरगम
काठमाण्डौ।
हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती दिदै रेखा अभिनित चलचित्र रुद्राप्रियाले पुरै दर्शक हलमा तानेको छ।
लक्ष्मी पुजाको दिनदेखि देशभर पर्दशनमा आएको चलचित्र रुद्राप्रियाले अहिले तहल्कानै मच्चाएको छ ।देशका सबैहलहरुमा दर्शकको भिड देखिन्थ्यो।बिभिन्न हलहरुमा पुगेर दर्शकको प्रतिक्रिया लिने क्रममा रुद्राप्रिया हेर्न आएकाहरु भन्छन”यस्तो बिषय बस्तुलाई पनि चलचित्र माध्यमामा देखाउन मिल्दो रैछ कस्तो अचम्म” ,”रेखा र आर्यनको लभ स्टोरी मन परेर फेरी डोर्याएर चलचित्र हेर्दै छौ” कतिपयले भने “आर्यन र रेखाको क्यामेस्टिक मात्रै हेर्न पनि आएका देखिए ।

दुवै कतार लगाएतका देशमा बसेर फर्किएका एन आर एन सदस्यहरुले पनि चलचित्र हेरेर अन्तर्वार्ता दिने क्रममा भने “हामी यस चलचित्रलाई देश बाहिर पनि देखाउन चाहन्छौ”।धेरै ब्यबासयिक चलचित्र निर्माण गरेकी थापाले यो चलचित्रमा सामाजिक कथा समेटेकी थिइन्।सामाजिक नारीवादी चलचित्र चल्दैन भन्ने दर्शकहरुलाई भने रेखाले पछाडी पारेर पुन रुद्राप्रिया चलाएर तहल्का पितेकी हुन् ।रेखा स्वयम दर्शकको प्रतिक्रिया लिन हलसम्म पुगेकी छैनन् ।तर पत्रकारहरुले प्रतिक्रिया बुझ्दा डोर्याएर चलचित्र हेर्न आउने धेरै पाए ।

सिने जगतमा लामो समय दर्शकको नजरमा एक साथ् राज गरेका जोडी आर्यन र रेखा लगातार ८ बर्ष एक अर्कामा न चिने झैँ गरि हिडे र चलचित्रमा पनि संगै देखिएनन तर एक्कासी चलचित्र क्षेत्रलाईनै चुनौती दिने गरि चलचित्र चलिरहेको छ।
कतिपय परिवारनै डिक्स होममा हेरेर चलचित्र राम्रो लागेको भन्दै हलमै हेर्न आईपुगेको देखियो ।
हलहरुमा दर्शकको रौनकता हेर्ने हो भने कतिपयले यसपालिको भाइटिकानै हलमा मनाए झैँ भएको देख्न सकिन्थ्यो ।

सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म एक घण्टा ५५ मिनेट लामो छ । फिल्ममा रेखा थापा, आर्यन सिग्देल र राजन ईशान मुख्य भूमिकामा प्रस्तुत भएका छन् । रमेश एमके पौडेल र सरस्वती थापा निर्माता रहेको फिल्ममा संजय लामाको छायाँकन अनि सुरेश अधिकारी , अर्जुन पोखरेल, राजन राज सिवाकोटीको संयुक्त संगीत रहेको छ । आठ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका रेखा र आर्यनको रुद्रप्रिया चर्चामा छ ।

The post चलचित्र क्षेत्रकै इतिहास पल्टायो रुद्राप्रियाले ,हिन्दी चलचित्र नै पछाडी पारेर तिन दिनमै एति धेरै दर्शकको माया पाईंन रेखा थापाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yYJBWy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top