Photo of Milford Sound in New Zealand

एजेन्सी। प्रहरी अफिसरको काखमा हाँसिरहेको एक बालकको फोटो पछिल्लो समय निकै भाइरल भइरहेको छ । यो फोटो भारतको हैदराबाद शहरकी एडिसनल एसपी स्वापी लकराले तीन दिनअघि ट्वीटरमा राखेकी थिइन् । त्यसपछि अहिलेसम्म यो फोटोमा २५ हजारभन्दा बढी लाइक र ५ हजारभन्दा बढी पटक रिट्वीट गरिएको छ । यो फोटोको पछाडि प्रहरीको चुस्त कारवाहीको कहानी जोडिएको छ ।

हैदराबादको नेमपल्ली क्षेत्रमा यी ४ महिनाका बालक फैजान खान आफ्नी आमासँग फुटपाथमा सुतिरहेका थिए । यही क्रममा एक दिन राती तीन बजे यी बालकको अपहरण भयो । आमाले प्रहरीमा गएर बेपत्ता भएको रिपोर्ट गरिन् । यसपछि प्रहरी तुरुन्तै सक्रिय भयो र १६ घण्टामै बालकलाई फेला पारेर आमालाई सुम्पियो । केस सुल्झाएपछि केस इन्चार्ज इन्स्पेक्टर आर संजयले बच्चालाई काखमा लिँदा बच्चा मज्जाले हाँसे । बालक हाँसेको देखेपछि इन्स्पेक्टर सहित त्यहाँ भएका सबैजना हाँसे । त्यही बेलाको फोटो हैदराबादकी एडिसनल एसपीले ट्वीटरमा पोस्ट गरेकी थिइन् । मोहम्मद मुश्ताक र मोहम्मद युसुफ नामका दुई अपहरणकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । यी दुईले बालकलाई बेच्ने तयारी गरिरहेको खुलेको छ ।

The post प्रहरीलाई हेरेर मुस्काएका ४ महिने बालकको तस्वीर भाइरल, यस्तो छ कहानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ybZ3NX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top