Photo of Milford Sound in New Zealand

मुम्बइ। बाहुबली–२ को लिड जोडी प्रभास र अनुष्का शेट्टीले बिहे गर्ने तयारी गरेका छन् । उनीहरुको बिहेको मिति छिटै तोकिने बताइएको छ । फिल्ममा यी दुईको केमेस्ट्री देखेर धेरै चकित भएका थिए । त्यतिबेला नै यी दुईबीच प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो ।

रिपोर्टका अनुसार बाहुबलीको सफलतापछि प्रभासलाई बिहेको लागि ६ हजार प्रस्ताव आएका थिए जसलाई उनले अस्वीकार गरे । अब प्रभास र अनुष्काको इन्गेजमेन्ट कहिले हुन्छ भन्ने विषय चर्चामा छ । यस विषयमा आधिकारिक जानकारी नआएपनि पारिवारिक स्रोतका अनुसार उनीहरुले यो वर्षको अन्तिमसम्म इन्गेजमेन्ट गर्ने सम्भावना छ । फिल्मको प्रोजेक्टमा व्यस्त भएका कारण यस विषयमा प्रभासले केही नबोलेको बताइएको छ । रिपोर्टका अनुसार प्रभासले छिट्टै आफ्नो र अनुष्काको सम्बन्धको विषयमा आधिकारिक रुपमा बताउने तयारी गरेका छन् । यसपछि यी दुईले डिसेम्बरमा इन्गेजमेन्ट गर्ने योजना छ ।

The post बिहेको तयारीमा बाहुबलीको जोडी प्रभास र अनुष्का शेट्टी….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gb79wt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top