Photo of Milford Sound in New Zealand

महिलाको महिनावारी भएको बेला यौनसंपर्क गर्नु हुन्छ या हँुदैन भन्ने चासो विश्वभरीमै हुन्छ । शास्त्रीय मान्यतामा महिनावारी भएको बेलामा स्त्रीहरु अछुत मानिने भएकाले पुरुषले ती महिलाहरुलाई छुनु हँुदैन भन्ने छ । तर बदलिएको समाजसगैँ सेक्स सम्बन्धी विचारहरु पनि फेरीदै गएका छन् ।

स्त्री रोग तथा महिला बिशेषज्ञहरुले महिनावारी भएकै कारणले यौनसम्पर्क रोक्नु जरुरी नहुने तर्क गर्ने गर्दछन् । अझ यौन मनोवैज्ञानीकहरुका अनुशार त यस समयमा गरिएको यौन संपर्कले महिलालाई अत्यन्तै आनन्द प्रदान गर्दछ । अरुबेलाको संम्भोग भन्दा यसबेला गरीने शारीरीक संपर्कले अनौठो सुख दिन्छ भनेर भन्दछन् ।
यदि तपाईहरुपनि महिनावारी भएको बेलामा यौनसंपर्क राखिरहनु भएको छ वा यसबाट प्राप्त हुने चरम आनन्द अनुभव गर्न चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस् ।

१. सफा तौलीयालाई आफू सुत्ने बेडमा सबैभन्दा माथीबाट ओच्छ्याउनुहोस् । यसो गर्दा तपाईँको योनीबाट बगेको रगतले ओछ्यान् फोहोर हँुदैन र संभोग अवधीमै योनीलाई सफा गर्न मद्दत हुन्छ । बगेको रगतबाट आउने नमिठो गन्द रोक्नपनि सहयोग पुग्छ ।

२. सिदा परम्परागत आशनमा पल्टनुहोस् । महिनावारी भएको बेला अरु बिभिन्न आशनको प्रयोगमा रोक लगाउनुहोस् । मेरुदण्डलाई समतल ठाऊँमा पारेरमात्र सेक्स गर्नु उत्तम हुन्छ । यस्तो गर्दा धेरै खुन जानबाट रोकीन्छ र पुरुषलाई पनि घिन लाग्दैन ।

३. बाथरुममा सेक्स गर्नु उत्तम हुन्छ । यदि संभव छ भने, बाथरमको शावर खोलेर संभोग गर्दा महिनावारी भएको बेलामा पनि दुबैजनाले बराबर आनन्द लिन सकिन्छ । बगीरहेको पानीले योनीबाट बगेका विकारयूक्त रसहरुलाई बगाईदिन्छ । शरीर अथवा ओछ्यान्मा रगतका धब्बाहरु लाग्दैनन् ।

४. यौनांगमा हातले वा आँैलाको सहायताले चलाउदाँ पनि संभोगकै जस्तो आनन्द आउने तर्क यौन मनोबैज्ञानीकहरु गर्दछन् । यतिमात्र गर्दापनि सेक्सकै आनन्द प्राप्त हुन्छ ।

५. सबै महिनावारीका दिनमा यौन उत्तेजना हुन्छ भन्ने छैन् महिलालाई पेट, कम्मर वा ढाड दुख्ने पनि भएको हुनसक्छ । अर्कोतीर अत्यधीक रक्तश्राव भएको छ भनेपनि यौनसंपर्कm राख्नु बुुद्धिमानी हुँदैन । महिलाले के चाहन्छिन् बुझेरमात्र अघि बढ्नु जरुरी छ ।

The post यसरि गर्नुहोस् महिनावारी भएको बेलामा यौनसंपर्क appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kJKWKo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top