Photo of Milford Sound in New Zealand

एजेन्सी। इजिप्टको राजधानी कायरोमा नालीभित्रबाट अत्यन्तै बहुमूल्य वस्तु निकालिएको छ । यो बहुमूल्य वस्तु भेटिनासाथ संसारभरी निकै हलचल भएको छ । यहाँ वैज्ञानिकहरले निकै प्राचीन सभ्यतासँग जोडिएको अत्यन्तै बहुमूल्य र विशाल मूर्ति भेट्टाएका छन् ।

यो मूर्ति इजिप्टमा सबैभन्दा प्रसिद्ध र सबैभन्दा लामो समयसम्म शासन गरेका शासक रामेस द्वितीयको भएको बताइएको छ । तीन हजार वर्ष पुरानो २६ फिट अग्लो यो मूर्ति एउटा ठूलो नालीभित्रबाट भेटिएको हो ।

यहाँ जर्मनी र इजिप्टका केही आर्कियोलोजिस्टले प्राचीन सभ्यतासँग सम्बन्धित चीजहरुको खोजी गरिरहेका थिए । यसै वर्ष मार्चमा उनीहरुले मूर्तिको घाँटीबाट माथिको भाग भेटेका थिए ।

कायरोको मटेरिया नामको बस्तीमा कैयौं हजार वर्ष पहिले हेलियोपोलिस नामको शहर थियो । इजिप्टमा यही शहरमा सूर्य भगवानले पृथ्वीको रचना गरेको मान्यता छ । यो प्राचीन मिश्र सभ्यताको एक केन्द्र थियो । युनिभर्सिटी अफ लेपजिगका प्रोफेसर डेट्रिच रोका अनुसार उनलाई यहाँ प्राचीन सभ्यतासँग सम्बन्धित बहुमूल्य चीज भेटिने विश्वास थियो ।

हजारौं वर्ष पहिले रोमन साम्राज्यले यहाँ कब्जा गर्दा उनीहरुले कैयौं ठूला ठूला महल र अन्य संरचना ढलाएर त्यहीँमाथि नयाँ निर्माण गरेका थिए । राजा रामेस द्वितीयको मूर्ति पनि यही समयमा ढलाइएको थियो ।

इजिप्टको पुरातत्व मन्त्रालयले मूर्तिको यो टुक्रालाई सेन्ट्रल कायरोको संग्रहालयमा राखिने जनाएको छ । त्यसपछि यसलाई गीजाको पिरामिड नजिकै अर्को संग्रहालयमा स्थानान्तरण गरिनेछ । नयाँ संग्रहालय यो वर्षको अन्त्यसम्म सुरु हुने बताइएको छ ।

The post ३ हजार वर्षसम्म नालीभित्र थियो यो बहुमूल्य चीज, भेटिनासाथ संसारभर हलचल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xjEhss
via IFTTT

0 comments:

Post a Comment

add

 
Top