Photo of Milford Sound in New Zealand

समय सधैं एकनासको हुँदैन । र, आफ्ना मान्छे पनि सधैं आफ्ना हुँदैनन् । यस्तै भयो रमिलामा लागि ।

अरुबेला साँझमा मात्र कोठामा फर्किने उनका श्रीमान टेकबहादुर सोमबार भने दिउँसै रक्सीले टिल्ल भएर आए । कोठाभित्र बसिरहेकी रमिलालाई ढोका थुनेर पिट्न थाले ।

बिहान सँगै खाना खाएर छुटेका श्रीमानले अचानक कोठामा आएर यसरी पिट्लान भनेर उनले कल्पनासमेत गरेकी थिइनन् । टेकबहादुरले श्रीमतिलाई त रक्ताम्मै बनाएर पिटे नै, ३ वर्षको नावालक छोरालाई समेत छाडेनन् ।

छिमेकी आएर छुट्याउने प्रयास गरे । छिमेकीको पनि केही जोड चलेन । अन्नतः प्रहरी आएर टेकबहादुरलाई नियन्त्रणमा लियो । सोमबार भक्तपुरमा भएको यो घटनाले सबैको ध्यान खिच्यो ।

सम्बन्धमा दरार लामो समयदेखि रमिला र उनका श्रीमानबीच राम्रो सम्बन्ध नभएको स्थानीयले बताएका छन् । खोटाङ स्थायी घर भएका उनीहरु भक्तपुर दुवाकोटमा डेरा गरि बस्दै आएका थिए ।

५ वर्षअघि टेकबहादुरसँग प्रेम विवाह गरेकी रमिलाको दैनिकी यसरी नै बित्ने गरेको छ । टेकबहादुरले दिनहुँ मदिरा सेवन गरेर आउने र आफुलाई शारिरीक तथा मानसिक यातना दिने गरेको रमिलाको आरोप छ ।

दिनहुँ मसँग सानो सानो कुरामा निहुँ खोजेर झगडा गर्थे, आज चाँही झगडाले उग्र रुप लियो’ खुट्टामा लागेको चोट देखाउदैँ रमिलाले भनिन्, ‘मदिराले लठ्ठीएपछि आँखा नै देख्दैनन् हातमा जे भेट्यो, त्यसैले हिर्काउँछन् ।’

दिनरात श्रीमानको प्रताडना सहन नसक्ने र आफुले छुट्टै बस्न चाहेको रमिलाले बताइन् । श्रीमानकै कारण छरछिमेकमा बदनामी भएको र अबदेखि श्रीमानसँगको सबै सम्बन्धबाट अलग हुने बताएकी छन् ।

रमिला राईको दर्दनाक पिडा घरेलु हिंसाको एउटा उदारण मात्र हो । पछिल्लो समय यसप्रकारमा महिला हिंसाका घटना दिनानुदिन बढ्दै गएका छन् । दिनदहाडै मादकपदार्थ सेवन गरेर श्रीमतीलाई शारिरीक तथा मानशिक यातना दिने टेकबहादुर जस्ता अपराधीहरु कानुनको दायरामा आउन सकेका छैनन् ।

पछिल्लो समय मुलुकमा महिला हिंसाविरुद्ध बिभिन्न अभियान संचालनमा छन् । दर्जनौँ सङ्घ संस्था लागिपरेका महिला मुक्तिका लागि क्रियाशील छन् । महिला अधिकारकर्मी, कानुन पेशा कर्मी, समाजसेवी तथा महिला हिंसाका विरुद्ध खोलिएका दर्जनौ संघ संगठन भए पनि दिनदहाडै रमिला माथिको आक्रमणले गम्भीर प्रश्न उठाएको छ । स्रोत : ट्वाण्टि फोर सेवेन

The post श्रीमानको निर्घात कुटाईः रक्ताम्य अवस्थामै माइत पुगिन् रमिला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ksST6W
via IFTTT

0 comments:

Post a Comment

add

 
Top