Photo of Milford Sound in New Zealand

यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन शनिबार भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँयो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।

थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ ।

भाईटिका कै दिन ९५ वर्षीय दिदीले ८८ वर्षीय भाईलाई भाईटिका लगाएको तस्बिर अहिले सामजिक संजालमा भाइरल भएको छ ।

यो तस्बिर कहाँबाट कसले अपलोड गरि भाइरल भएको भन्ने थाहा भएको छैन । जहाँ जसले अपलोड गरे पनि उहा हरुलाई धेरै शुभकामना !

The post ९५ वर्षीय दिदिले ८८ वर्षीय भाईलाई टिका लगाई दिएको तस्बिर भाइरल ! शुभकमना स्वरूप लाइक गरौ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yxwsTT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top