Photo of Milford Sound in New Zealand

ललितपुर – अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ। डा.उपेन्द्र महतोले लगानी गरेको सो अस्पताल गैरआवासीय नेपाली दिवस अवसर पारेर बुधबार उद्घाटन गरिएको हो।

गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरु कुमार पन्त र भवन भट्टले संयुक्त रुपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका हुन्। नक्खु, ललितपुरमा स्थापना गरिएको सो अस्पताल निजी क्षेत्रको सबैभन्दा सुविधाससम्पन्न भएको दाबी गरिएको छ।

नेपालीलाई उपचारका लागि विदेश जानु नपर्नेगरी आफूले अस्पताल स्थापना गरेको डा.महतोले बताए। ‘यो अस्पताल विश्वभरिका बिरामीको उपचारका लागि उत्कृष्ट गन्तव्य हुनेछ’, उनले भने, ‘मेडिकल टुरिजमको अवधारणाअनुसार यसलाई उपचारको उत्कृष्ट गन्तव्यको रुपमा विश्वभरि पहिचान गराउने हाम्रो अभियान हो।’

अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, अन्तर्राष्ट्रियस्तरको जोइन्ड कमिसन इन्टरनेशनल, एनएबीएच, एनएबीएल लगायतका मापदण्डहरु पूरा गरिएको कार्यक्रममा जानकारी दिइयो।७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको जानकारी दिइयो।

The post एसियाकै तेस्रो ठुलो हस्पिटल मेडिसीटी नेपालमा आजबाट सन्चालन ,नेपालीलाई उपचारका लागि विदेश जानु नपर्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yhQ3oz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top