Photo of Milford Sound in New Zealand

आश्विन २९, २०७४-कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय विदेशी कामदारको रोजगार गुमेको छ । उक्त कम्पनीमा झन्डै तीन सय नेपाली महिला कार्यरत छन् ।

युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवासीय अनुमति पत्र (भिसा) नवीकरण गरेको छैन । पीडितहरुले तलबसहित स्वदेश पठाइदिनको लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाइदिन वा अर्को कम्पनीमा काम गर्नको लागि ‘रिलिज’दिलाइदिन नेपाली दूतावासलाई अनुरोध गरेको छ ।

कम्पनीले उनीहरुलाई कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाहा, बैंक, निजी क्षेत्रका ठूला कार्यालयलगायत क्षेत्रमा सफाई मजदुर र कार्यालय सहयोगीको रुपमा काम गर्न पठाउने गरेको थियो । सरकारी निकायमा काम गर्ने भए पनि कम्पनी धराशायीमा गएको वा तलब दिन नसक्नुको स्पष्ट कारणबारे कामदारलाई जानकारी दिइएको छैन । ‘कम्पनीमा सुरुदेखि नै समस्या आइरहेको थियो । अधिकांश कामदारको भिसा पनि नवीकरण गर्न सकेको छैन,’ ५ वर्षदेखि काम गर्दै आएकी इलामकी रेणु कार्कीले कान्तिपुरलाई भनिन्,‘अगस्टदेखि त तलब दिएको छैन । काम पनि दिएको छैन ।’

काम र तलब नहुदाँ पीडित कामदार समस्यामा पर्न थालेका छन् । ‘पुरुष साथीहरु श्रम विभागमा उजुरी हालेको छ । महिला साथीहरु सीधैं दफना अदालतमा उजुरी हालेको छ,’कार्कीले भनिन्,‘न्याय दिलाइदिनको लागि हामी नेपाली दूतावास र कतार मानव अधिकार समितिमा पनि पुगिसकेका छौं ।’

पुरुष र महिला कामदारलाई अलग अलग स्थानमा राखिएको छ । महिला कामदारलाई कतारको अबुहम्मर, अलकिसा र एनखालिदस्थित क्याम्म राखेको छ । नेपाली महिला कामदार राखिएको एउटा क्याम्पमा बिजुली नै काटिदिएको छ । ‘हाम्रो सम्पर्कमा कम्पनीको जिम्मेवार ब्यक्ति छैनन् । क्याम्पमा बत्ति छैन । गर्मीमा एसीबिना बस्नु परेको छ । दिनमा दुई घण्टा जेनेटर चलाइदिन्छ,’उनले भनिन्,‘धेरैजसो साथीहरुले घर फिर्न राखेको पैसाबाट नै खानाको लागि आफैं जोहो गरिरहेका छन् । पैसा नहुनेहरुलाई आफन्त, साथीभाइको सहयोग मिलिरहेको छ ।’

पीडित कामदारले ठुलो समस्या आउनुअघि नै उद्धार गर्न दूतावाससमक्ष अनुरोध गरेका छन् । कतारको श्रम विभागले कम्पनीका सञ्चालक/प्रतिनिधिलाई उपस्थिति हुनको लागि बोलाउँदा पनि पुगेको छैन । दूतावासले आफ्नो सम्पर्कमा आएका कामदारलाई श्रम विभाग पठाएको छ । टिकट जुटाउन सक्ने केही कामदार भने स्वदेश फिर्न थालेका छन् । भिसाको म्याद नभएका कामदार खोज तथा अनुसन्धान केन्द्र (डिपोर्टटेसन सेन्टर)बाट नेपाल आएका छन् । ‘कम्पनी पहिलेको जस्तो अवस्थामा आउने स्थिति देखिएन । त्यहाँ रिलिज लिएर काम गर्न अवस्था पनि देखिनँ’, नेपाल आइपुगेकी सञ्जु सुन्दासले भनिन्,‘भिसा नभएकाहरु केहीले आफ्नै खर्चमा सिआईडीमार्फत नेपाल फर्किएका छन् र फर्किने सुरमा छन् ।‘मलाई टिकट सहयोग भएपछि स्वदेश फिर्न सफल भएँ ।’

आफ्नै खर्चमा फर्किनेहरु आफूले पाउनु पर्ने बाँकी तलब, पाउनु पर्ने अन्य सबै सुविधालाई त्यागेर फर्किएका हुन् । न्यायका लागि कतारको अदालत धाएर अदालतले पीडितको पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको भन्दै पीडित कामदारले अर्को कम्पनीमा काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउँछन् ।

नेपाली दूतावासका श्रम काउन्सेलर गिरिजा शर्माले पीडितको हितको लागि दूतावासले सक्दो कोसिस गरिरहेको बताइन् । ‘कामदारले समस्या लिएर आउनेबित्तिकै कम्पनीसँग कुराकानी भइरहेको थियो । त्यतिखेर कामदारको समस्या समाधान गर्नको लागि कम्पनी सकारात्मक देखिए पनि हाल सम्पर्कबिहीन छ,’ उनले भनिन्,‘दूतावासले श्रम विभागसँग समन्वय गर्ने काम भइरहेको छ ।’

The post भर्खरै कतारबाट आयो साह्रै दु:खद खबर १३ सय नेपालीको….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ieJizz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top