Photo of Milford Sound in New Zealand

रुकुम !! रुकुम जिल्लाको पश्चिमी क्षेत्रमा एउटा अनौठो परम्परागत खेल ओझेलमा परेको छ । ४ दशकपहिलेसम्म अत्यान्तै लोकप्रिय खेल मानिने यो बलजाँच खेल अहिले लोप भैसकेको छ ।

यद्यपी रुकुमको तकसेर गाँउमा अहिले बिरलै यो खेल खेल्नेहरु भेटिन्छन । सो क्षेत्रमा परापुर्व कालदेखी घर गोठ वा यस्तै केही संरचना बनाउँदा छिमेकीहरु आपसमा मिलेर गराउने प्रचलन निक्कै चलेको थियो । अहिलेपनि केही बस्तीमा यस्तो चलन कायमै भएको स्थानीय बुढापाकाहरु बताउछन । त्यसमध्ये काठमा बोक्ने परम्पराको महत्व अझै भिन्न छ ।

स्थानीय जानाकारहरुका अनुसार घर बनाउदाँ त्यस क्रममा जग खन्ने, गारो लगाउनेजस्ता काम पाका र अनुभवीको जिम्मामा पर्छ भने गहु्रँगो भारी बोक्ने काम युवकयुवतीले गर्नुपछ भन्ने मान्यता छ । काठ ल्याउने काम घर बनाउने स्थानभन्दा धेरै टाढा रहेकाले काठ ल्याउने काममा १७ देखी २२ बर्ष उमेरका युवकयुवती खटिन्छन् ।

झण्डै ४ दशक पहिलेसम्म यहि काठ बोक्ने क्रममा खेलिने एउटा खेल सो क्षेत्रमा निक्कै लोकप्रिय थियो । यसरी काठ बोक्ने क्रममा युवकयुवतीबीच दलिन बोकेर आधा बाटोमा आइपुग्दा हुने बलजाँच खेल सो क्षेत्रमा निक्कै लोकप्रिय मानिन्थ्यो । डोरीले एक भागमा दलिन बोकेर थाकेका युवती र अर्को भागमा युवकलाई बाँध्ने र जसले तान्न सक्छ तान्न सक्ने युवकले युवतीलाई बिहे गर्न पाउने चलन थियो ।

बलजाँच खेलको अझै रोचक पक्ष त यो थियो एउटै युवकले जति महिलालाई ्तानेर आफ्नो पक्षमा पार्न सक्छ उतिवटै युवतीलाई बिहे गर्न पाउने चलन थियो । तर अहिले यो चलन फेरिएको छ । अहिलेपनि यदाकदा खेलिने यो खेलमा जित्नेले सित्तैमा खाजा खान पाउने र हार्नेले खाजा खुवाउनुपर्ने चलन छ ।

The post कस्तो अनौठो खेल जति युवती तान्न सक्यो उसैसंग बिहे ! हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gEDVps
via IFTTT

0 comments:

Post a Comment

add

 
Top