Photo of Milford Sound in New Zealand

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिकले यही असोज ३० गतेसम्म आवेदन दिन सक्न छन । काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र अन्य जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्ने विभागले जनाएको छ ।

५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था गरिएको छ ।

The post ९८ हजार आवश्यकता भएको म्यादी प्रहरीमा आवेदन दिन योग्यता र उमेर कति चाहिन्छ त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yXKgna
via IFTTT

0 comments:

Post a Comment

add

 
Top