Photo of Milford Sound in New Zealand

दिपावलीको अवसरमा गत शुक्रबारबाट रिलिज भएको अजय देवगण, परिणिती चोपडा, तब्बु लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘गोलमाल अगेन’ले ४ दिनमै सय करोडको आँकडा पार गरेको छ ।

चलचित्रले शुक्रबार ३० करोडको व्यापार गरेको थियो । शनिबार २८ करोड, आइतबार २९ करोड र सोमबार १६ करोडको कमाई गर्दै चलचित्रले ४ दिनमा १०३ करोड माथिको कलेक्शन गरेको छ । यो बर्ष रिलिज भएका चलचित्र मध्ये सबैभन्दा चाडो सय करोडको आँकडा पार गर्ने पहिलो चलचित्र नै ‘गोलमाल अगेन’ बनेको छ ।

रोहित सेट्टी निर्देशित यो चलचित्रले बक्स अफिसमा कमालको व्यापार गरेपछि बलिउड अहिले तरंगित बनेको छ । यो चलचित्र बम्पर हिट भएपछि रोहितले चलचित्र ‘गोलमाल ५’ बनाउने घोषणा गरिसकेका छन् ।

The post ४ दिनमै सय करोड कमाउदै ‘गोलमाल अगेन’ले बनायो रेकर्ड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h6L42x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top