Photo of Milford Sound in New Zealand

गालमा दारी काँधमा जिम्मेवारी भन्ने नाराका साथ सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेको दारी ग्याङ’ बिभिन्न सामाजिक काम गरेर समाजमा स्थापित हुने क्रममा रहेको छ । सो ग्याङले मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का पुर्ण रुपमा अपाङ्ग र असहाय विष्णु रसाइलीको घर निर्माण गरी हस्तान्तरण गरेर उदाहरणीय काम गर्न सफल भएको छ ।

शनिबार सो ग्याङले निर्माण गरिदिएको चिटिक्क परेको पक्की घर एक कार्यक्रमका बिच रसाईली लाई हस्तान्तरण गरियो । सो कार्यक्रममा जनप्रतिनिधि र स्थानीय समाजसेवी र बुद्धीजिवीहरुले यो महान कार्य भन्दै प्रशंषा मात्र गरेनन् आगामी दिनमा यस्ता कार्यमा सक्रिय हुन आग्रह समेत गरे । दशैको घटस्थापनाका दिन घर हस्तान्तरण गर्नेगरी घर निर्माणको कार्य शुरु गरिएको भएपनि बिबिध कारणबश घर निर्माणमा केही ढिलाई भएको ग्यिाङका अभियानकर्ता बेलबारीका हेमराज श्रेष्ठले बताए ।

४ लाख ६ हजार लागतमा निर्माण भएको घरमा ठेकेदारको समेत सहयोगमा रहेको छ । देशभर रहेका ग्याङका अभियानकर्ताहरुले श्रमदानमा घर निर्माण भएको हो । बिदेशमा रहेका सदस्यहरुले आर्थिक सहयोग गरेका छन । ग्याङले गत साउन २० गते सुनसरीको इटहरीमा बैठक बसी रसाइलीको घर निर्माण गरिदिने निर्णय गरेको थियो । तराईका बिभिन्न जिल्लामा बाढीका कारण घरबारबिहिन भएकाहरुको उद्धारमा समेत ग्याङ सक्रिय रहेको कारण घर निर्माणमा केही ढिलाई भएको थियो । रसाईली पुर्णरुपमा अपांग र असाहय जिवन बिताईरहेका छन भने उनको साथमा ७५ बर्षीया अशत्त बुबा समेत रहेका छन ।

उनलाई बस्ने बासको ब्यबस्था समेत नहुँदा उनी पिडा माथि झन पिडामा रहेका थिए । ३ कोठे पक्की घर निर्माण गरी हस्तान्तरण भएपछि रसाईली औधी खुसी देखिए । उनले यो गुन कहिले तिर्न नसक्ने समेत बताए । ग्याङमा अहिले १ लाख बढी नेपाल र नेपाल बाहिर कोरिया,अष्ट्रेलिया,कतार लगायतका देशमा सदस्यहरु रहेका छन । ग्याङले डा. गोबिन्द केसीको मागमा समेत समर्थन गर्दै बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । समाजमा आईपर्ने समस्याहरुको समाधानमा सारथी बन्दै अगाडी बढने ग्याङको ध्येय रहेको ग्याङका एडमिन जगदिश भण्डारीले बताए । उनले घर निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको समेत बताए ।

The post दारी ग्याङले बनाइदियो मोरङमा अपाङ्ग विष्णु रसाइलीको घर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yhyOG3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top