Photo of Milford Sound in New Zealand

पोखरा। दशैंको भिडभाडका बेला छतमा समेत यात्रु राखेर कास्कीको मादी गाउँपालिकाको वडा नं १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरस्थित बाटोमा पल्टँदा वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार बस मालिकसमेत रहेका सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ पनि दुर्घटनामा घाइते भएका छन् । घटनामा गम्भीर घाइते प्रकाश गुरुङ र चोकबहादुर गुरुङको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ भने तीनजनाको तप्राङ स्वास्थ्य चौकीमै उपचार गरिएको छ ।

बसभित्र र छतमा गरी ५० यात्रु बोकेर पोखरातर्फ आइरहेको सो बस बाटुलेचौरमा आइपुगेपछि हिलाम्मे बाटोमा पल्टेको यात्रु राजेन्द्र क्षेत्रीले जानकारी दिए । बस पल्टेपछि चालक भागेको र केही यात्रुले बसको अगाडिपट्टिको सिसा फुटालेर यात्रुलाई बाहिर निकालेका थिए । प्रहरीले फरार चालक इन्द्र तामाङको खोजी गरिरहेको छ ।

यस्तै बागलुङबाट पोखरातर्फ आइरहेको ना४ख १५९९ र पोखराबाट बागलुङतर्फ गइरहेको ग१ख ४८५९ नंको बस आज दिउँसो पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जाको घट्टेखोलामा एकापसमा ठोक्किँदा पाँचजना घाइते भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । source:dcnepal

The post दुख्द खबर :दशैंको भिडभाडमा छतभरी यात्रु राखेर पोखरा हिँडेको बस दुर्घटना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fKdmlO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top