Photo of Milford Sound in New Zealand

एजेन्सी, कार्तिक ८
‘बाहुबली २’ मा प्रभास र अनुष्का शेट्टीको जोडी दर्शकहरु सबैलाई निकै मनपरेको थियो । प्रभासको व्यक्तिगत जिवन र उनको विवाहको चर्चा खुबै हुने गरेको छ । प्रभासले आफु सम्बन्धमा रहेको या विवाहको विषयमा भने आफैले कहिले पनि मुख खोलेका छैनन् । तर, यस बारे बेला बेला चर्चा भने हुने गरेको छ ।

प्रभास र अनुष्का शेट्टीसँगको अफेयर चलेको निकै चर्चा रहेको छ । उनले दुई बर्ष अघि अनुष्कासँग विवाह रोकेका थिए । भारतीय मिडियामा उल्लेख गरिएको खबर अनुसार प्रभासले बाहुबलीको सफलता पछि करिब ६ हजार विवाह प्रस्तावलाई अस्विकार गरेका थिए । यसको कारण हो अनुष्कासँगको प्रेम सम्बन्ध । अनुष्काका लागि प्रभासले ६ हजार विवाहका प्रस्ताव अस्विकार गरेका हुन् ।

यस अघि प्रभासको नाम अरुसँग जोडेर बिवाहका चर्चा पनि चलेका थिए । अहिले उनीहरु आफ्नो फिल्म प्रोजेक्टमा व्यस्त रहेका छन् । प्रभास चाढैं नै आफ्नो र अनुष्काको सम्बन्धमा आधिकारिक भनाइ सार्वजनिक गर्न लागेको कुरा बाहिरिएको छ । यसपछि उनीहरुको विवाह डिसेम्बरमा हुने तयारी गरिएको छ ।

The post अनुष्काका कारण ६ हजार विवाह प्रस्ताव अस्विकार गरे प्रभासले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xlOAvZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top