Photo of Milford Sound in New Zealand

अराज सिहं बेल्बासे
कपिलवस्तु नगरपालिका– ६ रामनगरमा रहेको क्यापिटल फुड प्रालिमा आईतावार साझँ ६ बजे एक जना स्थानीय मजदुरको मेसिनमा बेरिएर मृत्यु भएको छ ।

मसला बनाउने मेशीनको भित्रि भामगा बेरिएर स्थानीय थुमुवा गाउका १७ बर्षे सुरेश भुजको मृत्यु भएको प्रहरीले जनाएको छ । लाईन गएको बेला मेशीनको सरसफाई गरीरहेको बेला एक्कासी मेशनि चले पछि उनि मेशीनमा बेरिएको संगै काम गरीरहेका अर्का मजदुर बिरेन्द्र यादवले बताए ।

घटनामा अप्रेशटरको लापरबाही देखिएको र जानाजान गरिएको उनले आरोप लगाए । ‘ सुरेशले मेशिन सफा गरीरहेको अप्रेटरलाई थाहा थियो, त्यही बेला मेशीन संचालन गर्नुले पनि अप्रटरको दोष रहेको उनले घटना बारे जानकारी दिदै भने ।

केही महिना अघि मात्र संचालनमा आएको च्याउ च्याउ उत्पादन गर्ने सो उद्योगमा १ सय २० जना कामदारले काम गर्दै आएका छन । घटना पछि सो उद्योगका मेनेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्ड सहीत सबै कर्मचारीहरु फरार भएका छन ।

मृतकका बुवा रामेश्वरले उद्योगको लापरबाहीले गर्दा छोराको मृत्यु भएकोले दोषीलाई तत्कालै कडा कारबाही हुनु पर्ने माग गरे । घटनाको बिरोधमा सथनीयबासीले उद्याृगमा प्रर्दशन गरी बाटो समेत अवरुद्ध पारेका छन । घटना लगत्तै उद्योगमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसांन भईरहेको प्रहरी उपरिक्षक भोजजंग शाहले बताए ।source:osnepal

The post मेशीनमा बेरिएर मजदुरको मृत्यु, घटनाको बिरोधमा स्थानीयद्धारा उद्योगमा प्रर्दशन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yr8lFj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top