Photo of Milford Sound in New Zealand

काठमाडौं – थुप्रै चलचित्र निर्देशन गर्दा पनि सफलता हात पार्न नसक्ने केही निर्देशक छन् चलचित्र क्षेत्रमा । तर निर्देशक दीपाश्री निरौलाले भने दुई चलचित्रबाटै सफलता हात पारेकी छन् ।

‘छक्का पन्जा’बाट निर्देशन देखिएकी दीपा निर्देशित दोस्रो चलचित्र ‘छक्का पन्जा २’अहिले प्रदर्शनमा आइरहेको छ । बिजया दशमीको अवसर पारेर गत ११ गते प्रदर्शनमा आएको यो चलचित्रले पनि ब्यवसाहिक लाभ लिन सफल देखिएको छ । चलचित्रले अहिलेसम्म १० करोड माथीको ब्यवसाय गरेको बितरक गोपाल कायस्था बताउँछन् ।

हुन त दीपाश्री निर्देशित अघिल्लो चलचित्रले १६ करोडको ब्यवसाय गरेको थियो । ‘छक्का पन्जा २’ अहिले पनि प्रदर्शनरत रहेकोले चलचित्रले अघिल्लो सिक्वेलको ब्यवसायिक रेकर्ड छुने अनुमान गरिएको छ ।

‘डरै डरमा चलचित्र रिलिज गरेपछि दर्शकले आफ्नो मिहिनेत खेरु जान नदिएको निर्देशक दीपाश्रीले बताइन् । ‘हाम्रो मिहिनेत भन्दा पनि दर्शकको मायाले चलचित्रको राम्रो ब्यवसाय भइरहेको छ’ दीपाश्रीले भनिन् ‘दर्शक प्रती निकै आभारी छु ।’

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ कमेडी शैलीमा उठान गरेको छ । दीपाश्रीले कलाकार युनिटसँगनै मिलेर बनाएकी हुन् ।

The post दीपाश्री निरौलालाई डवल सफलता प्राप्त appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xrAmZE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top