Photo of Milford Sound in New Zealand

लक्ष्मी पुजाको दिनदेखि प्रर्दशनमा आएको चलचित्र रुद्रप्रियाले औसत व्यापार गरिरहेको छ । तिहारको रमझमकाबीच हलसम्म पुगेका दर्शकले भने रेखाले रुद्रप्रिया बनेर मन जितेको प्रतिक्रिया दिएका छन् । हलमा भेटिएका एक दर्शकले भने, ‘छक्का पञ्जा २ ले हसाएर मन जित्यो, रुद्रप्रियाले कहिले रुवाएर त कहिले रोमाञ्चीत बनाएर मन जित्यो ।’ एसिड आक्रमणजस्तो गम्भीर विषयलाई प्रस्तुत गरेर रुद्रप्रियाले नसोचेको सन्देश र मनोरञ्जन दिएको उनको प्रतिक्रिया छ ।

चलचित्रको तीन दिनको व्यापार रिर्पोट भोलीसम्ममा आउने चलचित्रकी निर्मात्री एवं नायिका रेखा थापाले जानकारी दिएकी छिन् । दर्शकले रुद्रप्रिया हेरेर तिहार मनाइरहेकोमा खुशी व्यक्त गर्दै उनले संवेदनशील विषय उठान गरिएकाले वैचारिक व्यक्तित्वलाई समेत चलचित्र हेर्न आग्रह गरेकी छिन् ।’चलचित्र हेर्नेहरुले आर्यन र रेखाको जोडीमात्र होइन रुद्रप्रियाको कथावस्तुलाई पनि मन पराएको पाएको छु, रेखाले गज्जबको अनलाईनसँग भनिन् ।

रेखाको अनुसार सिंगल थिएटरमा बलिउड सुपरस्टार आमिर खानको सेक्रेट सुपरस्टार र अजय देवगन अभिनित गोलमाल अगेनभन्दा रुद्रप्रिया हेर्ने दर्शक बढी छन् । मल्टिप्लेक्स थिएटरमा भने रुद्रप्रियाको शो कम हुनुका साथै व्यापार पनि औसत छ ।

यसैबीच, नायिका रेखा थापाले रुद्रप्रियासँगै आफु राजनितिमा पनि केहि व्यस्त हुने संकेत गरेकी छिन् । चलचित्र तयार भएर हलसम्म पुर्याउने कर्तव्य पुरा गरिसकेको छु, चुनाव नजिकीएकाले राजनितिलाई पनि समय दिनु पर्ने छ, उनले भनिन् ।

The post “छक्का पञ्जा २” ले हसाएर मन जित्यो, “रुद्रप्रिया” ले रुवाएर मन जित्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xi7Tq9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top