Photo of Milford Sound in New Zealand

अनिल पंगेनी

काठमाडौं, १ कात्तिक । पश्चिम नेपालको डडेल्धुराका बेद उप्रेती पेशाले पाइलट हुन् । पाइलट पेशाले उनलाई विश्वका धेरै देशसँग परिचित गरायो । उनले पनि धेरै मुलुकलाई नजिकबाट हेर्ने र बुझ्ने अवसर पाए । क्याप्टेन समेत रहेका उप्रेतीलाई विश्व आकाशमा सयर गर्ने मात्रै होइन आफ्नै मुलुकमा केही गरौँ भन्ने इच्छा जाग्यो । र त उनले अहिले आफ्नै नामको ट्रस्ट ‘बेद उप्रेती ट्रस्ट’बाट हवाईजहाज सम्बन्धि जानकारी दिने म्यूजिम स्थापनामा सक्रिय छन् ।

तीन वर्षअघि नेपालकै पहिलो हवाईजहाज संग्राहलय धनगडीमा स्थापना गरे । हवाईजहाज संग्राहलय स्थापना गरेपछि उनको चर्चा हुन थाल्यो । नेपालमा हवाईजहाज सम्बन्धि अध्ययन र अध्यापनका लागि अझै पनि उपयुक्त वातावरण बनिनसकेको उनको बुझाइ छ ।

पाइलट हुनको लागि धेरै कसरत र मिहेनत गर्नुपरेको संघर्षलाई आउने पुस्ताले व्यहोर्नु नपरोस् भनेर उनी अहिले क्रियाशील रहेको क्याप्टेन उप्रेतीले मिडिया एनपीलाई बताए ।

हवाईजहाज र यससँग सम्बन्धित विषयमा नेपालमै जानकारी दिने उद्देश्यले क्याप्टेन उप्रेतीको सक्रियतामा धनगढीमा ‘एयरक्राफ्ट म्यूजियम’ स्थापना भएको हो । एभिएसन सम्बन्धि जानकारी दिने हेतुले एयरक्राफ्ट म्यूजियमको स्थापना गरेको उनले जानकारी दिए ।

करिब डेढ करोडको लगानीमा बनेको धनगढीको म्यूजियमले राम्रो प्रतिक्रिया पाएपछि उनलाई थप हौसला मिल्यो । अहिले काठमाडौँको सिनामंगलमा ‘अभिएसन म्युजियम काठमाडौँ’ बनाइरहेका छन्– क्याप्टेन उप्रेतीको टीमले ।

सन् २०१५ मार्च ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको ‘टर्किस एयरलाइन्स’को एयरबसलाई उनले सदुपयोग गरिरहेका छन् । दुर्घटनामा परेपछि पुनः उडान भर्न नसक्ने स्थितिमा पुगेको उक्त टर्किस एयरबसलाई नै एक वर्षदेखि म्यूजियम बनाउने कार्यलाई अगाडि बढाइरहेको क्याप्टने बेद उप्रेतीले मिडिया एनपीलाई बताए ।

बेद उप्रेती ट्रस्ट र नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा करिब ६ करोड रुपैयाँ लगानी गर्नेगरी सुरु गरिएको उक्त म्यूजियम निर्माणमा हालसम्म ७ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । आउँदो छठ पर्व लगतै पत्रकार सम्मेलन गरेर म्यूजियम खुला गरिने ‘एभिएसन म्युजियम काठमाडाँै’का प्रबन्ध निर्देशक समेत रहेका उप्रेती बताउँछन् ।

काठमाडौंमा संसारकै महंगो र आधुनिक प्रविधिबाट जहाजभित्र आकर्षक र मनोरञ्जनात्मक रुपमा स्थापना गरेको उक्त म्यूजियमले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तथा एभियसनसम्बन्धि जानकारी दिन टेवा पुग्ने प्रबन्ध निर्देशक तथा क्याप्टेन उप्रेतीको विश्वास छ । काठमाडौंको सिनामंगलमा बनेको म्यूजिमयबारे उनी भन्छन्, ‘संसारमा हवाईजहाज म्युजियम त बनेका छन्, तर ७५ मिटर लामो, एयर बस ३३० भित्रको मिनि प्लेन म्यूजियम चाहिँ संसारकै पहिलो हो ।medianp ’हेर्नुहोस भिडियो

The post सिनामंगलमा बन्यो प्लेनभित्रै आकर्षक र मनोरञ्जनात्मक म्यूजियम (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yRs6Hx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top