Photo of Milford Sound in New Zealand

हिन्दु धर्म परम्परामा हरेक धार्मिक तथा सामाजिक संस्कारहरुमा गाईको गहुँतप्रयोग गर्ने चलन छ । मानिसहरु चोखो तुल्याउन होस् या अन्य बैदिक विधिको लागि गाईको गहुँत आवश्यक हुन्छ ।

मानिसहरु मरेर घाटमा लाने बेलामा मलामी गईन्छ । मलामी पुगेर फर्कदा गाइको गहुँत नखाईकन घर छिर्न मिल्दैन भन्ने कथन छ । त्यसैगरि अन्य विभिन्न पुजाआजामा पनि गाईको गहुँत अनिवार्य हुन्छ । गाईको गहुत शुद्धताको प्रतिक हो , यो हाम्रो धार्मिक विश्वास हो । तर, गहुत खादाँ फाईदा भन्दा बेफाईदा बढि भएको डाक्टरहरु बताउछन ।

डाक्टरहरुको अनुसार गाईको गहुँत खानु स्वास्थ्यको दृष्टिले राम्रा मानिँदैन । किनकी हरेक प्राणीको मुत्रथैलीमा शरीरको विकारको पदार्थहरु जम्मा हुने गर्दछ । ती जम्मा भएको विकारको पर्दाथहरु पिसाब भएर निक्लन्छ । त्यसैले गहुँत खानु राम्रो होईन ।

डा. रोशन राउत मुटुरोग विशेषज्ञ हुन् । उनकाअनुसार गाईको गहुतको महत्व धर्ममा जत्तिनै वर्णण गरेपनि स्वास्थ्यको हिसाबले हानिकारक हो । भन्छन ‘गहुँत भनेको पिसाब हो, पिसामा शरीरको फोहोरी पदार्थहरु जम्मा हुने हो । त्यसैले फोहोर खाँदा स्वास्थ्य राम्रो हुँदैन ।’

उनको अनुशार हामीले खाएका कतिपय पदार्थहरुको विकार पिसाब थैलीमा जम्मा हुन्छ । उक्त विकार शरीरमा रहदा शरीर बिरामी हुने भएकाले पिसाब नलीबाट बाहिर निक्लन्छ । मानिसको जस्तै प्रक्रिया जनावरमा पनि लागू हुने भएकाले खानु राम्रो होईन ।

उनी भन्छन ‘अझ बिरामी गाई अर्थात दीर्घरोगी गाईको गहुँत भयो भने मानिसको स्वास्थ्यमा गम्भिर असर पर्छ । धार्मिक महत्वलाई ध्यानमा राख्दै त्यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । त्यो निल्नै पर्छ वा खानै पर्छ भन्दा पनि त्यसको असरलाई ध्यानमा राखेर धार्मिक कार्यमा प्रयोग गर्नुपर्छ

The post धर्मले जे भनोस्, स्वास्थ्यका लागि गहुँत ‘खतरा ’ नै रैछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xiMI73
via IFTTT

0 comments:

Post a Comment

add

 
Top