Photo of Milford Sound in New Zealand

निकै पुरानो भनाई छ, ‘लुगाले कसैको औकात नाप्न सक्दैनँ’ । यो भनाई साँच्चै नै वास्तविक हो । केही समय अघि थाइल्याण्डमा एउटा यस्तो घटना घटित भएको छ, जसले यो वाक्य चरितार्थ गर्छ । फाटेको लुगा अनि फुलेको दारी भएका एक व्यक्ति जव एउटा मोटरसाइकल सोरुम भित्र पसे सबैले उनलाई भिकारी सम्झी मजाक उडाउन थाले । कतिपयले उनलाई हेर्दै आँखा तर्दै थिए भने कतिपय मजाक बनाई रहेका थिए ।

थाइल्याण्डको पत्रिका, सनुकका अनुसार यी व्यक्ति थाइल्याण्डको सिंग बुरी क्षेत्रस्थित ‘Maxsingburibike’ नामक शोरुममा फाटेको लुगा लगाएर पुगेका थिए । शोरुमका मानिसहरुले उनलाई भिकारी सोचे ।तर जब उनले शोरुमका एक कर्मचारीसँग त्यहाँका मालिकबारे सोधे र हार्ले डेविडसन बाइक खरिद गर्ने कुरा गरे तब त्यहाँ उपस्थित सबैजना हाँस्न थाले । त्यहाँको सेल्यम्यानले उनलाई निकै बेरसम्म वास्तै गरेनन् ।आफूलाई त्यहाँका कर्मचारीले निकाल्ने कोसिस गर्नैलाग्दा ती व्यक्तिले चिच्याउँदै शोरुमका मालिकलाई बोलाए र आफ्नो सबै कुरा बताए ।

कुरा चल्दै गरेको १० मिनेट पछि मालिकले उनलाई ६ लाख भाट (अर्थात् १७ लाख रुपैयाँ)को बाईक देखाए । बाइक छनोट गरेपछि ती व्यक्तिले तुरुन्त १७ लाख रुपैयाँ निकालेर बुझाए र बाइकलाई आफ्नो बनाए ।

त्यसपश्चात उनी एकाएक चर्चाको विषय बन्न पुगे । मानिसहरुले उनलाई उनको नयाँ बाइकसँग तस्बिर खिचेर फेसबुकमा हाल्न थाले । सनुकले दाबी गरे अनुसार उक्त व्यक्तिका बहिनीले फेसबुकमा कमेन्ट लेख्दै उनीबारे जानकारी दिएकी छिन् । बहिनीलाई उद्धृत गर्दै सनुक बताउँछ, ‘उनी वास्तवमा धनी व्यक्ति होइनन् । उनी जति साधारण रुपमा शोरुममा प्रस्तुत भएका थिए, वास्तवमा उनको पहिचान त्यही नै हो । उनी एक मेहनती व्यक्ति हुन् जसले केही समयअघि मेकानिकको जागिरबाट अवकास पाए । उनको एउटै सपना थियो हार्ले डेविडसन किन्ने ।

’केही समयपश्चात् उनी उक्त स्टोरमा बाइकलाई कस्टमाइजेसन गर्नका लागि पुनः शोरुम गएका छन् । बाइक किन्दा उनले आफ्नो पहिरनमा ध्यान दिएका थिएनन् भने यसपटक उनी शोरुममा बाइकरजस्तो भएर प्रवेश गरेका थिए, एक मुस्कान र मज्जाको चश्मासहित ।

एजेन्सी

The post भिकारी भनेर बाहिर निकालेपछि यी व्यक्तिले गरे यस्तो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wQuYzS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top