Photo of Milford Sound in New Zealand

काठमाडौं, ६ कात्तिक । कोरियन अनुहारका कारण नायक अनमोल केसी अहिले निकै लोकप्रिय छन् । हजारौं युवती अनमोलको एक झलक पाउन तँछाड मछाड नै गर्छन् ।

आफूले अभिनय गरेका होस्टल, जेरी, ड्रिम्स, गाजलु सबै चलचित्र सुपरहिट भएकाले अनमोल केसीको डिमान्ड निकै बढेको छ । उनी अहिले ‘कृ’ चलचित्रको अभिनयमा व्यस्त छन् ।

तर, अहिले अनमोल केसीकै अनुहारसँग मिल्ने एक युवाका कारण आममानिस अचम्ममा परेका छन् । सुरुमा हेर्दा ती युवक अनमोल केसीकै फोटोकपी लाग्छन् । भक्तपुरका सूर्यविनायकमा बस्दै आएका १८ वर्षीय अभिषेक श्रेष्ठलाई धेरैले नायक अनमोल केसीको अनुहारसँग मिल्ने भएकाले उनलाई चलचित्रमा अभिनय गर्न सुझाव दिएका छन् ।

अभिषेक नृत्यमा निकै पोख्त छन् । उनको नृत्य कुनै सिद्धहस्त नृत्य निर्देशकभन्दा कम छैन भन्ने कुरा अभिषेकले एउटा हिन्दी गीतमा गरेको कभर डान्सले प्रमाणित गर्छ । सो गीतको नृत्य निर्देशन गम्भीर विष्टले गरेका हुन् । अभिषेकल गम्भीरसँग नृत्य सिकिरहेका छन् । उनी अहिले ब्रिटिस कलेजमा पढ्दै आएका छन् ।

उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनले भारतको मुम्बईमा आयोजना हुने ‘ब्लिंक नेपाल ट्यालेन्ट म्यानेजमेन्ट’ मा भाग लिन पाएका छन् । यही अक्टोबर ३० तारिकदेखि सुरु हुने कार्यक्रममा आफूले धेरै कुरा सिक्ने उनको भनाइ छ ।

अभिषेक आफू कलाकार विपीन कार्कीको फ्यान भएको बताउँछन् । यदि नेपाली चलचित्रबाट आफूलाई खेल्ने अफर आए चलचित्र क्षेत्रको विकासका लागि योगदान दिने सोचमा आफू रहेको उनको भनाइ छ ।

The post नझुक्किनुस् है ! यी अनमोल केसी होइनन्, डान्समा पोख्त उनी हुबहु अनमोल झैं देखिन्छन् (हेर्नोस् तस्बिर/भिडियाे) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yKewos
via IFTTT

0 comments:

Post a Comment

add

 
Top