Photo of Milford Sound in New Zealand

हामी दिनमा कैयो पटक खान्छौ । जति खाँदापनि मोटाउन सक्दैनौ । तर, तपाईंको तौल बढेको छैन भने तपाईंको अस्वस्थकर दिनचर्या वा कुनै स्वास्थ्यसम्बन्धी समस्या यसका लागि जिम्मेवार हुनुपर्छ । यस्तोबेलामा के गर्ने ? यसबारे यसो भन्छिन भारतीय पोषणविद् डा सुनिता चौधरी ।

⇒ पेटको समस्या भएका मानिसको शरीरमा पोषक तत्त्व सोसिन पाउँदैनन् । इरिटेबल बाउल सिन्ड्रोम जस्ता समस्या भएको मान्छे को तौल बढ्न सक्दैन ।

⇒ खानामा पोसकतत्वको अत्ति नै जरुरत हुनेगर्छ । आहारमा भिटामिन, मिनरल, आइरन र फ्याट जस्ता पोषक तत्त्वहरू भएनन् भने पनि तौल बढ्दैन । आहारमा सबै किसिमका खानेकुरा खानुस् । भरपूर कार्बोहाइड्रेट्स, प्रोटीन र फ्याट लिनुभयो भने तौल बढ्छ ।

⇒ बलियो मेटाबोलिजम भयो भने पनि तौल बढ्दैन । कडा मेटाबोलिजम भएका मानिसले जे खाए पनि छिट्टो पच्छ ।

⇒ चाहिनेभन्दा बढी व्यायाम गरियो भने पनि तौल बढ्न पाउँदैन । धेर व्यायाम गर्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्दैन । विज्ञसँग सल्लाह लिएर मात्र व्यायाम तालिका बनाउनुस् ।

⇒ कम सुत्ने मानिसको पनि तौल बढ्दैन । मज्जाले सुत्दाखेरी शरीरमा कार्टिसोल हार्मोन बन्छ जसले मसल बनाउन मद्दत गर्छ । त्यसैले पर्याप्त सुत्नुस् ।

⇒ दिनमा अलिअलि गरी चार पाँचचोटि स्वस्थ खानेकुरा खानुस् । जति क्यालोरी दिनमा खर्च हुन्छ त्यसभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुस् । तौल बढ्न थाल्छ ।

⇒ तनाव लिनुभयो भने पनि तौल बढ्दैन । तनाव हुँदा भोक लाग्दैन र रुटिन गडबड हुन्छ । यसो हुँदा शरीरको हर्मोन सन्तुलन बिग्रन्छ । अनि तौल बढ्न पाउँदैन । शरीरको आवश्यकताअनुसार खाना खानुभएन भने पनि तौल बढ्दैन ।

एजेन्सीको सहयोगमा

The post कतिपय मानिसहरु जे गरेपनि मोटाउन सक्दैनन् : असली कारण यस्तो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ydxdkJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top