Photo of Milford Sound in New Zealand

आज काग तिहार पुराण भन्छन आजको दिन यमराजको लागि एक दीपक बल्दा अकालमा हुने मृत्युबाट जोगिन्छ। आज साँझ यसरी गर्नुहोस पुजा :

बिधि
एउटा माटोको दियो ल्याउनुहोस् र सफा पानीले धुनुहोस। त्यसपछि चार वटा कपासको बत्तिलाई दियोमा राख्नु होस्। यसरी राख्नुहोस कि बाहिरबाट चार वटै बत्ती बलिरहेको होस्। अब तिलको तेलले दियो भरि दिनुहोस साथै दियोमा कालो तिल पनि हलिदिनुहोस। दियोको साथमा चामल, फुल लिएर पुजा गर्नुहोस। मुख्य ढोकाको अगाडी गहुको पिठोको डोरा बनाएर तल उल्लेखित मन्त्र पढ्दै दक्षिणतर्फ दियोको मुख फर्काएर पुजा गर्नुहोस।

मृत्युना पाशदण्डाभ्यां कालेन च मया सह।
त्रयोदश्यां दीपदनात् सूर्यज: प्रीयतामिति।।

तलको मन्त्र पढ्दै यमदेवको दक्षिण दिशा फर्केर फुलले पुजा गर्नुहोस।
ऊं यमदेवाय नम:। नमस्कारं समर्पयामि।।

अनि त्यसपछि हातमा सेतो मिस्रीलाई तलको मन्त्र पढ्दै दीपकको साथमा राखीदिनुहोस।
ऊं यमदेवाय नम:। नैवेद्यं निवेदयामि।।

अब हातमा जल लिएर तलको मन्त्र जप्दै पुजा गर्नुहोस।
ऊं यमदेवाय नम:। आचमनार्थे जलं समर्पयामि।

अब यमदेवलाई ऊं यमदेवाय नम: भन्दै दक्षिण दिशा तर्फ फर्केर नमस्कार गर्नुहोस। यसो गर्दा आजको दिन यमराज प्रसन्न हुन्छन र अकालमा हुने मृत्युबाट जोगिन्छ।pnpmedianepal

The post आज बेलुका यसरी बल्नुहोस दीपक, अकालमा हुने मृत्युबाट जोगिन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zujVOG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top