Photo of Milford Sound in New Zealand

केहि बर्षअघि सम्म म्युजिक भिडियोहरुमा प्राय देखिरहने अनुहार थियो प्रकृति श्रेष्ठ । सुनील गिरीको गीत ‘को होला त्यो म सँग’ गीतको भिडियोबाट नेपाली कलाकारिता क्षेत्रमा आएकी उनलाई सोहि म्युजिक भिडियोले चर्चित बनाईदियो । त्यसपछि उनी फिचरिङ भएका भिडियोहरु युट्युब र टेलिभिजनमा एकदमै रुचाईन्थ्यो ।

मोडलिङमा अब्बल भईसककेकी प्रकृतिलाई चलचित्रको पनि अफर आउन थाल्यो । चलचित्र ‘होस्टेल’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रकृतिले त्यसपछि ‘शुभारम्भ’, ‘उत्सव’, ‘जिन्दगी रक्स’ र ‘आभाष’ लगायतका चलचित्रहरुमा काम गरिन् । थिईन् अझ भन्नुपर्दा उनीसँगै पल शाहको नाम पनि जोडिएर आउथ्यो । त्यो समममा उनीहरु लभ अफेयरमा भएको हल्ल समेत चलेको थियो ।

उनको अभिनयको कारणले उनले पहिलो चलचित्रबाट नै अवार्ड समेत हात पार्न सफल भईन् । चलचित्र ‘होस्टेल’बाट उनले सर्वोत्कृष्ट डेब्यु नायिकाको कामना फिल्म्स अवार्ड हात पारेकी थिईन् । यस्तै उनले सोहि चलचित्रबाट ‘नेशनल बक्स अफिस अवार्ड २०७१’ समेत हात पारेकी थिईन् ।

उनै मोडल तथा नायिका प्रकृति श्रेष्ठ आफ्नो श्रीमान सुदिप न्यौपानेसँग अस्ट्रेलियामा बस्छिन् । अहिले बिदामा नेपाल आएकी उनीले हिमालयन टेलिभिजनको चर्चित टक शो ‘जीवनसाथी’ मा आफ्नो श्रीमान सहित अन्तर्वार्ता दिएकी छिन् । अन्तर्वार्ताको क्रममा पूर्व मिस नेपाल तथा शो की होस्ट माल्भिका सुब्बाले सोधेको एक प्रश्नमा प्रकृति अल्मल्लिएकी छिन् ।

कार्यक्रममा प्रकृतिले आफुसँगैको साथीहरुले राम्रो गरेको देख्दा म त्यहाँ भईदिएको भए, भन्ने कुरा मनमा लागिरहने बताईरहँदा शो कि होस्ट माल्भिकाले ‘के तपाई पछुतो मानिरहनुभएको छ ?’ भनी सोधेकी थिईन् । माल्भिकाले सो प्रश्न सोध्दा प्रकृति अल्मिल्एिको भिडियोमा देखाईएको छ । उसो त अहिले कार्यक्रमको ४६ सेकेण्डको प्रोमो मात्र सार्वजनिक गरिएको छ । उनीहरु बिचको पूर्ण कार्यक्रम भने आगामी शुत्रबार राती ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

The post के बिहे गरेकोमा पछुतो मान्छिन् प्रकृति श्रेष्ठ ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gCi95K
via IFTTT

0 comments:

Post a Comment

add

 
Top