Photo of Milford Sound in New Zealand

नेपाली चलचित्रका अभिनेत्रीहरू फटाफट निर्मात्री तथा निर्देशक बन्ने क्रम जारी छ । दीपाश्री निरौला, झरना थापा आदिले निर्देशनमार्फत आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् भने केही अभिनेत्रीले निर्माताका रूपमा समेत सफलताको स्वाद चाखिसकेका छन् । करिश्मा मानन्धर, रेखा थापा, निशा अधिकारी, शुभेच्छा थापा, झरना थापा आदि अभिनेत्री चलचित्र निर्मात्रीका रूपमा समेत चिनिएका छन् ।

यो सूचीमा अर्को एउटा नाम थपिएको छ- केकी अधिकारी । तिहारपछि छायांकन प्रारम्भ हुने एउटा डार्क कमेडी चलचित्रमार्फत केकी निर्मात्रीका रूपमा दर्शकमाझ आउनेछिन् । म्युजिक भिडियोका अब्बल निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने उक्त चलचित्रको छायांकन पश्चिम नेपालमा गर्ने तयारी भैरहेको छ । केकीसहित थप दुई अभिनेत्रीको मुख्य भूमिका रहने उक्त चलचित्रमा केही लोकप्रिय हास्य अभिनेताले समेत अभिनय गर्दैछन् ।

The post केकी पनि निर्मात्री बन्दै: यो चलचित्र बनाउदै छिन केकी अधिकारी…………. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y9MLU5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top